Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

भरतपुर अस्पतालमा थपियो आइसियुको श्यया


ग्लोबल पाना
शनिबार, मंसिर १६ २०८०
  • 564
    SHARES

  • images
    भरतपुर अस्पतालमा थपियो आइसियुको श्यया

    चितवन । भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा श्यया थप गरिएको छ। भेन्टिलेटर सहितको अत्याधुनिक चार श्यया थप गरेर कूल सङ्ख्या ३८ पुर्‍याइएको हो। अस्पतालका प्रवक्ता डा. गोविन्द कँडेलले बिरामीको चाप अनुसार श्यया अभाव भएपछि थप गरिएको बताए। उनका अनुसार अस्पतालको सघन उपचार कक्षमा झण्डै शतप्रतिशत बिरामीको भर्नादर (अकुपेन्सी) हुने गरेको छ। एउटा श्यया सर्पदंशका बिरामीका लागि छुट्याइएको छ।

    images
    images
    images

    उनका अनुसार निजी अस्पतालको सघन उपचार कक्षमा एक दिनमा १५ हजार हाराहारी खर्च हुने गर्दछ भने सरकारी अस्पतालमा एक दिनको श्यया शुल्क दुई हजार मात्र पर्दछ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीका अनुसार यसका अतिरिक्त २० श्ययाको बाल सघन उपचार कक्ष र छ श्ययाको पिआइसियु सञ्चालनमा छन्। अस्पतालमा छ सय श्यया छन्।

    चितवनसहित छिमेकी जिल्लाबाट यहाँ बिरामी उपचारका लागि आउने गरेका छन्। यो संघीय अस्पताल हो। यहाँ दैनिक तीन हजारसम्म बहिरङ्ग सेवामा बिरामी उपचारका लागि आउने गरेको तिवारीले जानकारी दिए। संघीय अस्पताल भएर पनि न्यून दरबन्दीमात्र स्वीकृत रहेकाले विकास समितिका चिकित्सक, कर्मचारीको भरमा अस्पताल सञ्चालन हुँदै आएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ