Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

जनता राजतन्त्रको पक्षमा छैनन्, केही नारा लागेपनि छिट्टै विस्थापित हुन्छ : महासचिव गुरुङ


ग्लोबल पाना
शनिबार, मंसिर १६ २०८०
  • 276
    SHARES

  • images
    जनता राजतन्त्रको पक्षमा छैनन्, केही नारा लागेपनि छिट्टै विस्थापित हुन्छ : महासचिव गुरुङ

    काठमाडौं। नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जनता राजतन्त्रको पक्षमा नभएको बताएका छन्। सल्यानमा आयोजित पत्रकार सम्मेलनमा उनले हिंसात्मक र मुलुकलाई द्वन्द्वतर्फ धकेल्न नदिन सरकार गम्भीर रहेको बताए। उनले भने, ‘कतिपय प्रतिगामी शक्ति परिवर्तनका मुद्दा उल्ट्याएर मुलुकमा द्वन्द्व पैदा गर्न खोज्ने तत्व र संकेत देखिएका छन्। जनता राजतन्त्रको पक्षमा छैनन्, केहि नारा लागेपनि छिट्टै विस्थापित हुन्छ। नेपाल धार्मिक राज्य बनाउन सकिँदैन। ’

    images
    images
    images

    उनले मुलुकलाई घोर पश्चगामी र प्रतिगामी लैजान नदिइने बताए। पछिल्लो समय देश र जनताको हित विपरितका गतिविधि भइरहेको उनको भनाइ थियो। ‘अहिले गणतन्त्रको विकल्प छैन। गणतन्त्रलाई सुधार्न सकिन्छ तर उल्ट्याउन सकिँदैन। बरु केहि कमजोरी भए सुधारेर समाजवादी गणतन्त्रमा जान सकिन्छ। यो व्यवस्थाका कमि कमजोरी र दलका नेतामा कमजोरी भएपनि सुधारेर जानुपर्छ।’ उनले भने।

    उनले दुर्गा प्रसाईंको अभियानलाई पश्चगामीको संज्ञा दिँदै विदेशी शक्तिले अस्थिरतातिर लैजान प्रयत्न गरेको भन्दै मुलुक पछाडि फर्कन नसक्ने जिकिर गरे। पुँजीवादलाई समाजवादमा रुपान्तरण गर्न सकिन्छ तर दुर्गा प्रसाईको अभियान घोर पश्चगामी हो। विदेशी शक्ति केन्द्र भित्र्याउन, अस्थिरता र द्वन्द्वतिर लैजान त यो अभियानले सफलता पाउला तर मुलुक अब पुरानै व्यवस्थातिर जान सकिँदैन।’, उनले भने।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ