Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

एनआरएनए हङकङले आईसीसी मार्फत भूकम्प पीडितलाई १८ लाख सहयोग गर्ने


ग्लोबल पाना
आइतबार, मंसिर १७ २०८०
  • 342
    SHARES

  • images
    एनआरएनए हङकङले आईसीसी मार्फत भूकम्प पीडितलाई १८ लाख सहयोग गर्ने

    लण्डन । गैरआवासीय नेपाली संघ हङकङले जाजरकोट र पश्चिम रुकुम लगायतका स्थानका भूकम्प पीडितको लागि आर्थिक सहयोग गर्ने भएको छ। गैर(आवासीय नेपाली संघ हङकङका प्रवक्ता विश्वनाथ घिसिङले शनिवार एक विज्ञप्ति जारी गर्दै संघको केन्द्रीय कार्यालय मार्फत १८ लाख २७ हजार रुपैयाँ भूकम्प पीडितलाई सहयोग गर्ने जनाएका हुन्।

    images
    images
    images

    विज्ञप्तिमा ‘गैर(आवासीय नेपाली संघ हङकङको प्रयासमा यहांहरुको साथ सहयोगले हङकङ डलर १०७९८७र– जम्मा भएको जानकारी गराउंदै सो रकम गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषदको एनआरएनए इमरजन्सी फण्ड बैंक खातामा जम्मा गरिसकिएको जानकारी गराउंदछौं ‘ उल्लेख छ।

    विज्ञप्तिमा ‘२०२३ नोभेम्बर ३ गते राति गएको ६।४ रेक्टर स्केलको शक्तिशाली भूकम्पले प्रतक्ष्य रुपमा प्रभावित पिंडित परिवारहरुका लागि गैर–आवासीय नेपाली संघ हङकङको नेतृत्वमा संचालित आर्थिक सहयोग अभियानमा जोडिनु हुने संघ–संस्था, व्यवसायी तथा सम्पूर्ण नेपाली सहयोगी हातहरु प्रति कृतज्ञ रहनुका साथै यहांहरु सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छौ’ भनिएको छ।

    एनआरएनए हङकङले यस कठिन घडीमा भूकम्प प्रभावित क्षेत्रका जनताको तत्काल उद्धार र सुरक्षाका लागि स्वास्थ्यकर्मी, औषधि र आबश्यक उद्धार सामग्री सहित समयमै घाइतेको उद्धार र पिडितका लागि राहत तथा पुनस्र्थापना कार्यमा तदारुकताका साथ लागि रहनु हुने सम्पूर्ण गैर(आवासीय नेपाली संघका प्रतिनिधीहरु तथा सहयोगदाता प्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

    यसअघि गैरआवासीय नेपाली संघले भूकम्प प्रभावित क्षेत्रमा तत्काल ५३ लाखको राहत सामाग्रीमा, १० लाख प्रधानमन्त्री कोषमा जम्मा गरेको थियो। संघले आगामी दिनमा राहत पुनस्थापना र पुनर्निमाणमा एकद्वार प्रणाली मार्फत सहयोग गर्ने नीति लिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ