Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

मलाई मधेश लागुपदार्थको कारण आक्रान्त छ भन्ने थाहा नै थिएन : मुख्यमन्त्री


ग्लोबल पाना
सोमबार, मंसिर १८ २०८०
  • 276
    SHARES

  • images
    मलाई मधेश लागुपदार्थको कारण आक्रान्त छ भन्ने थाहा नै थिएन : मुख्यमन्त्री

    महोत्तरी। मधेश प्रदेश लागुपदार्थको कारण आक्रान्त वनेको आफूले थाहा नपाएको मुख्यमन्त्री सरोज यादवले वताएका छन्। प्रहरीले चलाएको एण्टी ड्रग क्याम्पियनको आइतबार सुभारम्भ गर्दै मुख्यमन्त्री यादवले आफूलाई मधेश बल्ल लागुपदार्थको कारण समस्यामा रहेको थाहा पाएको बताएका हुन्।

    images
    images
    images

    बाराको निजगढ र महोत्तरीमा लागुपदार्थ पुनःस्थापना केन्द्र बन्दै गरेको जानकारी रहेको बताउँदै प्रदेश सरकारले अब यसतर्फ ध्यान दिने पनि प्रतिबद्धता भने जनाएका छन्। ञहामी प्रहरीलाई जुनसुकै सहयोग गर्न पनि तयार छौं, मुख्यमन्त्री यादवले भने, ञप्रहरीलाई लागुपदार्थ प्रयोगकर्ता पहिचान गर्न अत्याधुनिक मेसिन पनि उपलब्ध गराउने छौं।झ

    आफू जानकार नरहेको सार्वजनिक कार्यक्रममा नै स्वीकार गरेका मुख्यमन्त्री यादवलाई प्रहरीले प्रस्तुत गरेको तथ्यांकले भने गिज्याइरहेको थियो।

    मधेश प्रदेश प्रहरीको आर्थिक वर्ष २०८०/८१ को कात्तिकसम्मको तथ्यांक हेर्ने हो भने ८ वटै जिल्लामा २६८ वटा मुद्दा दर्ता भएका छन भने ३७९ जना ब्यक्ती लागुपदार्थ कै कारण पक्राउ परेका छन्।

    यस्तै ठूला-ठूला परिणाममा लागुपदार्थ समेत प्रहरीले बरामद गरेको छ। २३९५ केजी गाजा, ४७ केजि ८९० ग्राम चरेश, १६ केजी हिरोइन, १६ हजार ४४८ वटा ट्यावलेट, विभिन्न लागुपदार्थले भरिएका १३ हजार १७६ वटा बोत्तल र २ हजार ७० वटा इन्जेक्सन बरामद गरेको मधेश प्रदेश प्रहरीले जनाएको छ।

    गृहमन्त्री मोहम्मद सलिमले पनि आफ्नो मन्तव्यमा लामो भाषण बाहेक गृहमन्त्रीको हैसियतले मधेशमा लागुपदार्थ न्यूनीकरणका लागी गरेका प्रयासहरुको बिषयमा केही बोल्न सकेनन्।

    मधेश प्रदेश सरकारले बनाएका पुनःस्थापना केन्द्रको बिषयमा सामान्य जानकारी समेत नरहेका गृहमन्त्री सलिमले महोत्तरीमा भने बन्दै गरेको जानकारी दिए। लागुपदार्थ कै कारण मधेश आक्रान्त बनेतापनी गृहमन्त्री र मुख्यमन्त्रीको जवाफले कार्यक्रममा सहभागी भएका अभिभावकहरु भने उत्साहित भएको देखिन्थे।

    प्रदेश प्रहरीको अनुसार मधेशमा भएका धेरैजसो घटनाहरु लागु पदार्थसँगै जोडिएका छन्। हत्या, हिंसा, लुटपाटजस्ता घटनाहरु कहीँ न कहीँ लागुपदार्थसँगै जोडिने गरेको प्रहरीको निष्कर्ष छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ