Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

अष्ट्रेलियासँगको अन्तिम टी-२० खेलमा भारत विजयी


ग्लोबल पाना
सोमबार, मंसिर १८ २०८०
  • 387
    SHARES

  • images
    अष्ट्रेलियासँगको अन्तिम टी-२० खेलमा भारत विजयी

    काठमाडौं। अष्ट्रेलियासँगको पाँचौँ तथा अन्तिम टी-२० खेलमा भारत विजयी भएको छ। बैंग्लोरमा भएको खेलमा भारत ६ रनले विजयी भएको हो। भारतले दिएको १६१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित ओभरमा ८ विकेट गुमाएर मात्र १५४ रन बनाउन सक्यो।

    images
    images
    images

    त्यसअघि टस हारेर व्याटिङ गरेको भारतले ८ विकेट गुमाएर १६० रन बनाएको थियो। घरेलु टोली भारतले पाँच खेलको टि-२० शृङ्खला एक खेल अगावै जितिसकेको थियो। चौथो खेलमा भारतले अष्ट्रेलियालाई २० रनले हराउँद शृङ्खला आफ्नो पक्षमा पारेको हो।

    भारतसँग पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले हारेको अष्ट्रेलिया तेस्रो खेलमा भने ५ विकेटले विजयी भएको थियो। यसअघि भएको एकदिवसीय विश्वकपको उपाधि अष्ट्रेलियाले घरेलु टोली भारतलाई हराउँदै जितेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ