Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

तान्जानियामा बाढी पहिरोमा परी ४७ को मृत्यु, ८५ बढी घाइते


ग्लोबल पाना
सोमबार, मंसिर १८ २०८०
  • 252
    SHARES

  • images
    तान्जानियामा बाढी पहिरोमा परी ४७ को मृत्यु, ८५ बढी घाइते

    तान्जानिया। उत्तरी तान्जानियामा बाढीका कारण आएको पहिरोमा परी कम्तीमा ४७ जनाको ज्यान गएको छ। सो बाढी र पहिरोमा परी अहिलेसम्म अन्य ८५ जना घाइते भएका स्थानीय अधिकारीले जनाएका छन्। राजधानी डोडोमाबाट करिब ३०० किलोमिटर उत्तरमा पर्ने कटेश सहरमा शनिबार भारी वर्षा भएको जिल्ला आयुक्त जेनेथ मायान्जाले बताए।

    images
    images
    images

    ‘आइतबारे साँझसम्म मृत्यु हुनेको संख्या ४७ पुगेको छ र ८५ जना घाइते भएका छन्,” उत्तरी तान्जानियाको मन्यारा क्षेत्रका क्षेत्रीय आयुक्त क्वीन सेन्डिगाले स्थानीय सञ्चारमाध्यमलाई बताइन्।

    उनले मृत्यु हुनेको संख्या बढ्न सक्ने चेतावनी दिएकी छन्। मायन्जाले यस क्षेत्रका धेरै सडक हिलो, पानी र रुख र ढुङ्गाले अवरुद्ध भएकोसमेत बताएकी छिन्।

    तान्जानियाका राष्ट्रपति सामिया सुलुहु हसन राष्ट्र संघीय जलवायु सम्मेलनको लागि दुबईमामा रहेको छन्। उनले दुबईबाट नै शोक सन्देश पठाउँदै भनेकी छिन्।‘बाढी पहिरोमा परेका मानिसहरूलाई उद्धार गर्न थप सरकारी प्रयासहरू खटन आदेश दिन्छु।’

    ‘हामी यस घटनाबाट धेरै स्तब्ध छौं,’ उनले तान्जानियाको स्वास्थ्य मन्त्रालयले अनलाइन पोस्ट गरेको भिडियो सन्देशमार्फत थप भनिन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ