Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

अन्तर्राष्ट्रिय स्तरको ‘द लण्डन कलेज’ सञ्चालनमा


ग्लोबल पाना
सोमबार, मंसिर १८ २०८०
  • 367
    SHARES

  • images
    अन्तर्राष्ट्रिय स्तरको ‘द लण्डन कलेज’ सञ्चालनमा

    काठमाडौं। एक दशक भन्दा लामो शैक्षिक इतिहास बोकेको आइएसएमटी ग्रुप अफ कलेजले ‘द लण्डन कलेज’ तीनकुनेमा सञ्चालनमा ल्याएको छ। युनिभर्सिटी अफ सन्डरल्यान्ड युकेको सम्बन्धनमा नेपालका विभिन्न मुख्य मुख्य शहरहरुमा विश्वस्तरीय कलेजहरु सञ्चालन गर्दै आएको यो समूह ले युकेकै अर्को बहुचर्चित विश्वविद्यालय ‘युनिभर्सिटी अफ इस्ट लण्डन’ बाट सम्बन्धन लिएर ‘द लण्डन कलेज’ सञ्चालनमा ल्याएको छ।

    images
    images
    images

    काठमाडौंको तीनकुनेमा अवस्थित द लण्डन कलेजले बीएससी अनर्स कम्पयुटर साइन्समा ‘जनवरी इन्टेक’को लागि भर्ना शुरु गरेको छ। बीएससी अनर्स कम्प्युटर साइन्समा अहिलेको नेपाली बजारको माग अनुसार अन्र्तराष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्ने दाबी गरेको छ।

    के छ फरक ?

    द लण्डन कलेजको पठनशैली नवीनतम प्रविधिबाट सिर्जनात्मक किसिमले हुनेछ। बजारमा के कस्तो सीप भएको जनशक्तिको माग भइरहेको छ भन्ने अध्ययन गरेर यसको पाठ्यक्रम तयार गरिएको छ।

    कलेजले विद्यार्थीको ‘वेल विइङ र वेल फिलिङ’ मा विशेष ध्यान दिन्छ। आधुनिक प्रणालीबाट विद्यार्थीको मूल्याङ्कन हुन्छ । नियमित रुपमा विद्यार्थीले सिकेको, पढेको कुरा प्रस्तुत गर्नुपर्ने हुन्छ।

    बढी भन्दा बढी प्रयोगात्मक हुने र त्यस्ता अभ्यासले विद्यार्थी स्वयंलाई प्रगति अथवा कमजोरीबारे थाह पाउँछन् । तीन घन्टा परीक्षाको कारण विद्यार्थीमा हुन सक्ने मानसिक तनावबाट मुक्त हुन्छन् ।

    कलेजले दिने ज्ञान, सीप बाहेक श्रमबजारमा जाँदा चाहिने अन्य आवश्यक सबै सीप सहितको दक्ष जनशक्ति उत्पादन हुन्छ। त्यसका लागि विभिन्न उद्योगहरुसँगको सहकार्य हुनेछ। विद्यार्थी संसारको जहाँ गएपनि यहाँको शैक्षिक प्रमाणपत्रको ‘रिकग्निसन भ्यालु’ उच्च हुन्छ।

    अर्को ‘भ्यालु फर मनी’ विद्यार्थीले जत्ति लगानी गरेको हुन्छ त्यस बराबरको ज्ञान, सीप, व्यवहार मार्फत प्राप्त गर्छन्। ‘युज भ्यालु’ यो कोर्षले जहाँ सुकै गएपनि सम्बन्धित क्षेत्रमा काम गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्छ।

    क्याम्पसकी प्रबन्ध निर्देशक सविता पाठक कलेजले पढाइ सकेर निस्किएर श्रम बजारमा जाँदा त्यहाँ कार्यरत अनुभवी जनशक्तिसँग तत्काल प्रतिस्पर्धी भएर काम गर्न सक्ने विद्यार्थी उत्पादन गर्ने दाबी गरिन्।

    भन्छिन् ‘श्रम बजारलाई चाहिए अनुसारको जनशक्ति उत्पादन गर्छौं, हाम्रो कलेजबाट निस्कने विद्यार्थी यत्ति माझिएका हुन्छन् कि तत्काल अनुभवी जनशक्तिसँग प्रतिस्पर्धी भएर काम गर्न सक्छन ।’ पार्टनरसीप भएका उद्योगहरुसँग पढ्दा पढ्दै विद्यार्थीहरु जागिर पाउन सक्छन् ।

    के छ सुविधा

    विश्वको उत्कृष्ट विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले नेपाली विद्यार्थीलाई नेपालमा नै बसेर सूलभ शुल्कमा अन्र्तराष्ट्रिय स्तरको सुविधा सहितको शिक्षा प्रदान गर्नेछ । आधुनिक लाइब्रेरी, ई लाइब्रेरी, कम्प्युटर ल्याब, सफा र सुविधा सम्पन्न कक्षाकोठाको सुविधा छ ।

    विद्यार्थीलाई एकोहोरो पाठ्यक्रम सम्बन्धित पठनपाठनबाट दिक्क नहोस भन्नका लागि अतिरिक्त क्रियाकलापको लागि ‘रिफ्रेसमेन्ट सेन्टर’ हरु छन् । जसमा संगीतका लागि गिटारको उपलब्धता, जीम सेन्टर, पुल हाउस, क्याफे लगायतको सुविधा प्राप्त गर्नेछन् ।

    विद्यार्थीलाई पर्ने विभिन्न खालको समस्या समाधानका लागि ‘स्टुडेन्ट सर्भिस डिपार्टमेन्ट’ छ । यो डिपार्टमेन्टले विद्यार्थीको के विषयसँग सम्बन्धित समस्या हो त्यहि विषयसँग सम्बन्धित रहेर तत्काल समस्या समाधान गर्ने प्रयास गर्छ ।

    विद्यार्थीको मनोपरामर्शका लागि आवश्यकता अनुसार परामर्शकर्ताहरुको उपलब्धा हुन्छ । क्याम्पसकी प्रबन्ध निर्देशक पाठक भन्छिन् ‘विदेशी विश्वविद्यालयहरुले गुणस्तरीय जनशक्ति उत्पादन गर्न विद्यार्थीका लागि जे जस्ता सेवा, सुविधाहरु दिइरहेका छन् हामीले पनि त्यहि सेवा, सुविधा दिने प्रयत्नमा छौं ।’

    विशेष छात्रवृत्तिको व्यवस्था

    कलेजले विद्यार्थीको लागि विशेष खालको छात्रवृत्ति सुविधा राखेको छ । कक्षा १२ मा उत्कृष्ट अंक ल्याएका, निम्न मध्यम वर्गका उत्कृष्ट विद्यार्थी, कुनै विशेष क्षेत्रमा उत्कृष्ट प्रस्तुती दिइरहेका विद्यार्थी, राष्ट्रलाई विभिन्न रुपमा योगदान गरिरहेका (खेलाडी, एथलेट) लगायत विभिन्न क्षेत्रलाई समेटेर विशेष छात्रवृत्ति प्रदान गर्छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ