Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

वडा अध्यक्ष साईको पहलमा छात्र छात्रालाई निशुल्क साइकल वितरण


ग्लोबल पाना
सोमबार, मंसिर १८ २०८०
  • 366
    SHARES

  • images
    वडा अध्यक्ष साईको पहलमा छात्र छात्रालाई निशुल्क साइकल वितरण

    नेपालगन्ज । फातिमा फाउन्डेशन नेपालको सहयोगमा २१ जना छात्र छात्रालाई नेपालगत्र्ज उपमहानगरपालिका वडा नं. १४ भवानीपुरका वडा अध्यक्ष मजहर अली साईले निशुल्क साइकल वितरण गर्नु भएको छ । विद्यालयमा अध्ययन गर्ने विपन्न छात्र छात्राहरुलाई वडा नं. १४ भवानीपुरद्धारा २१ वटा साइकल वितरण गरिएको हो ।

    images
    images
    images

    अति विपन्न परिवारका छात्र छात्रालाई फातिमा फाउन्डेशन नेपालद्धारा विद्यालय शिक्षामा पहुँच पुर्याउने उद्देश्यले छात्र छात्राहरुलाई साइकल वितरण गरिएको छ । वडा नं. १४ का वडा अध्यक्ष साइले वडाको पूर्वाधारको क्षेत्रमा नभई शिक्षा क्षेत्रमा पनि उल्लेख्य प्रगति गर्न सफल भएको बताउनु भयो ।

    नेपालगत्र्ज उपमहानगरपालिकाका वडा १४ भित्रका विद्यालयहरुमा आकर्षण बढाउन विभिन्न छात्रावृत्तिका कार्यक्रम, न्यानो कपडा वितरण कार्यक्रम, दिवा खाजाको व्यवस्था जस्ता थुप्रै कार्यक्रम सन्चालन गर्दै आएको पाइन्छ । अध्यक्ष साई एक कुशल नेतृत्व भएको समाजसेवी व्यतित्व हुनुहुन्छ । उहाँले नेपालगत्र्ज उपमहानगरपालिका वडा १४ का समस्याहरुलाई सहजीकरण गर्दै आउनु भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ