Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

भारतको दक्षिणी तटीय क्षेत्रमा भारी वर्षा र आँधी, ६ जनाको मृत्यु


ग्लोबल पाना
मंगलबार, मंसिर १९ २०८०
  • 246
    SHARES

  • images
    भारतको दक्षिणी तटीय क्षेत्रमा भारी वर्षा र आँधी, ६ जनाको मृत्यु

    काठमाडौं। भारी वर्षा र तीव्र आँधीका कारण भारतको दक्षिणी तटीय क्षेत्रमा धेरै मानिसको मृत्यु भएको हुनसक्ने बताइएको छ। तमिलनाडु र आन्ध्र प्रदेश राज्यका तल्लो क्षेत्र विशेष गरी तटीय क्षेत्रमा बसोबास गर्ने हजारौं मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। आँधीका कारण चेन्नाइ शहरका धेरै आवासीय क्षेत्रहरु बाढी पसेर जलमग्न भएको छ। कारहरु बगेका छन् भने रुखहरु उखेलिएका छन्।

    images
    images
    images

    आँधी र बाढीकै कारण भारतकै सबैभन्दा व्यस्त विमानस्थल चेन्नइको विमानस्थल हिजो संचालन हुन सकेन । चेन्नई प्रहरीले हालसम्म ६ जनाको मृत्यु भएको जनाएको छ । आँधीका कारण संरचनाहरु ढल्दा र करेन्ट लागेर मानिसको मृत्यु भएको हो ।

    भारी वर्षाका कारण चेङ्गलपट्टु शहरमा पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको समाचार छ । मिचुङ नामक आँधी आज विहान आन्ध्र प्रदेशबाट जमिनमा अवरतण गर्ने अनुमान गरिएको छ । यसको गति १ सय १० किलोमिटर प्रतिघन्टा रहनेछ ।

    आँधीले बढी असर पुर्‍याउने आन्ध्र प्रदेश र तामिलनाडुका विद्यालय, कलेज, बैंक लगायतका सार्वजनिक निकायहरु हिजै देखि बन्द गरिएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ