Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

गाजामा इजरायलले ‘नरसंहार गर्‍यो : कतार


ग्लोबल पाना
मंगलबार, मंसिर १९ २०८०
  • 503
    SHARES

  • images
    गाजामा इजरायलले ‘नरसंहार गर्‍यो : कतार

    दोहा । इजरायलले गाजामा ‘नरसंहार’ गरेको आरोप कतारले लगाएको छ । दोहामा भएको गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) शिखर सम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले इजरायलको कडा आलोचना गर्दै गाजामा नरसंहार गरेको आरोप लगाएका हुन् ।

    images
    images
    images

    ‘इजरायलको कब्जामा रहेका सेनाहरूले सबै राजनीतिक, नैतिक र मानवीय मूल्यहरू उल्लङ्घन गरेका छन्,’ उनले भने, ‘निर्दोष निहत्था नागरिकहरूको प्रणालीगत र उद्देश्यपूणर् हत्या गरी यो जघन्य अपराध जारी राख्नु अन्तर्राष्ट्रिय समुदायको लागि अपमानजनक छ । यो इजरायलले गरेको नरसंहार हो ।’

    कतारी अमिरले प्यालेस्टाइनीहरूलाई ‘आफ्नो न्यायोचित उद्देश्यमा अडिग रहेको’को लागि प्रशंसा गर्नुपर्दछ र पूणर् स्थायी युद्धविरामको आवश्यकतामा जोड दिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ