Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

गृहमन्त्री श्रेष्ठको मुटुमा समस्या देखिएपछि गंगालाल अस्पतालमा भर्ना, स्वास्थ्य स्थीर


ग्लोबल पाना
बुधबार, मंसिर २० २०८०
  • 305
    SHARES

  • images
    गृहमन्त्री श्रेष्ठको मुटुमा समस्या देखिएपछि  गंगालाल अस्पतालमा भर्ना, स्वास्थ्य स्थीर

    काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ बिरामी परेपछि गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको छ। उनलाई छातीमा असहज महसुस भएपछि मंगलबार राति गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको हो। उनको सचिवालयले जनाए अनुसार मन्त्री श्रेष्ठको गएराति नै एन्जियोग्राम गरी देब्रे नसाको एन्टेरियर डिसेन्डिङ कोरोनरी आर्टरी गरिएको छ।

    images
    images
    images

    गृहमन्त्री  श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।

    उनलाई डा अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार थालेको गृह मन्त्रालयले जनाएको छ।

    यसअघि गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला मन्त्री श्रेष्ठ अचानक मुटुको समस्याबाट पीडित भएपछि त्यहाँ उनको उपचार गएिको थियो।

    griya.jpg
    undefined

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ