काठमाडौं । इंलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले लुटन टाउनमाथि रोमाञ्चक जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा आर्सनलले लुटन टाउनलाई ४-३ गोल अन्तरले पराजित गरेको हो।
आर्सनलको जितमा खेलको इन्जुरी समयपछिको ९७औं मिनेटमा डेक्लान राइसले निर्णायक गोल गरेका थिए। यसअघि गाब्रियल मार्टिनेली, गाब्रियल जिसस र काइ हाभेर्टले एक एक गोल गरेका थिए। त्यसैगरी लुटन टाउनका लागि गाब्रियल ओशो, एलिजाह अडेबायो र रोज बार्कलीले एक एक गोल गरेका थिए। यो जितपछि आर्सनलले लिगमा आफ्नो अग्रता बढाएको छ।
१५ खेलमा ३६ अंकसहित शिर्ष स्थानमा रहेको आर्सनल दोस्रो स्थानमा रहेकोलिभरपुलभन्दा ५ अंकले अगाडी भएको छ। यद्यपी लिभरपुल एक खेल कम खेलेको छ। त्यसैगरी लुटन टाउनको भने १५ खेलमा ९ अंक रहेको छ र लिगमा १७औं स्थानमा छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


