Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

एनसेलको सेयर बिक्रीमा गहिरो अनुसन्धान जरूरी छ : महामन्त्री शर्मा


ग्लोबल पाना
बिहीबार , मंसिर २१ २०८०
  • 318
    SHARES

  • images
    एनसेलको सेयर बिक्रीमा गहिरो अनुसन्धान जरूरी छ : महामन्त्री शर्मा

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एनसेलको सेयर बिक्री शंकास्पद भएको बताएका छन् । महामन्त्री शर्माले सामाजिक सञ्जालमा टिप्पणी गर्दै ६ वर्षपछि सरकारको स्वामित्वमा आउन लागेको एनसेलको खरिदबिक्री शंकास्पद भएको दाबी गरेका हुन् । शर्माले यसलाई रोकेर योअपार करछलीको गहिरो अनुसन्धान जरुरी भएको बताएका छन् ।

    images
    images
    images

    साथै उनले अनियमितताविरुद्ध सरकार, प्रतिपक्ष, प्रेस र नागरिक सम्पूणर् रुपले एकढिक्का उभिने संकेत सकारात्मक भएको उल्लेख गरे ।

    उनले भनेका छन् :

    अनियमितताविरुद्ध सम्पूर्ण एकताको द‍ृष्टिका साथ,सरकार, प्रतिपक्ष, प्रेस र नागरिक सम्पूर्ण रुपले एक ढिक्का उभिने संकेत सकारात्मक छ । बाह्य लगानीलाई नेपालमा सहज वातावरण नरहेको आक्षेप खारेज गर्न संगठित पहल गरौं। अत्यावश्यक ऐन संशोधन र परिमार्जन गरेर कार्यान्वयनमा नल्याउनुको कमजोरी आत्मसात गर्दै जवाफदेहीपूर्ण ढंगले कार्य गरौं ।

    उनले बाह्य लगानीको थप सुरक्षित वातावरण निर्माण गर्दै सकारात्मक सन्देश सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन् । शर्माले पहिलेको तस्बिर सार्वजनिक गर्दै भने, ‘एनसेलले ञपुँजिगत लाभकरझनतिर्ने प्रपन्च गर्दा त्यो बेला हामीले अघि बढाएको अभियानको नाम थियो- #No_Tax_No_Ncell  । दबाब र मुद्दापछि अन्ततः उ झुक्न बाध्य भयो। अहिलेको प्रकरणमा सरकार र दलहरू कठोर हुन जरुरी छ । जनदबाबको स्वतस्फूर्त साथ फेरि पनि साथमा हुनेछ ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ