Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

पशुपतिनाथ क्षेत्रमा मासु तथा मदिराजन्य पदार्थ प्रयोगमा रोक


ग्लोबल पाना
बिहीबार , मंसिर २१ २०८०
  • 238
    SHARES

  • images
    पशुपतिनाथ क्षेत्रमा मासु तथा मदिराजन्य पदार्थ प्रयोगमा रोक

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपतिनाथ मन्दिर परिसर तथा आसपासको क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बिक्रीवितरण, ओसारपसार, भण्डारण र सेवनमा रोक लगाएको छ । बालाचतुर्दशी पर्व ९शतवीजारोपण पर्व० २०८० लाई मध्यनजर गर्दै आजदेखि मंसिर २७ गतेसम्मका लागि मदिराजन्य पदार्थको प्रयोगमा रोक लगाइएको हो ।

    images
    images
    images

    पावन पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक, मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिणभित्रका सबै भागमा निषेधाज्ञा लागू गरिएको हो ।

    कोही कसैले सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सूचनामा उल्लेख गरिएको छ ।

    notics.webp
    undefined

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ