काठमाडौं । त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्र घले र गोरखाका मीनबहादुर घले रहेको भन्सार कार्यालयले जनाएको छ ।
बिहीबार राति ११ः४० को फ्लाइ दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौं आएका उनीहरुलाई सुनसहित पक्राउ गरिएको थियो ।
पक्राउ परेका दुबैजनालाई थुनामा राख्न प्रहरी प्रभाग कोटेश्वर पठाइएको आज कार्यालय खुलेपछि उनीहरूलाई विमानस्थल भन्सार कार्यालय गौचरमा उपस्थित गराइ थप अनुसन्धान हुने जनाइएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


