Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

सरकारले जनचाहनाअनुसार काम गरिरहेको छ : प्रधानमन्त्री


ग्लोबल पाना
शुक्रबार, मंसिर २२ २०८०
  • 222
    SHARES

  • images
    सरकारले जनचाहनाअनुसार काम गरिरहेको छ : प्रधानमन्त्री

    सुदूरपश्चिम । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको चाहनाअनुसार सरकारले काम गरिरहेको बताएका छन् । धनगढी उपमहानगरपालिका-१६ को घसिटा गाउँमा आज आयोजित पार्टीको विशेष रुपान्तरण अभियान कार्यक्रममा प्रधानमन्त्री दाहालले पूर्वाधार विकास, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय सरकारको प्राथमिकतामा रहेको स्पष्ट पारे ।

    images
    images
    images

    नेपालको प्रतिष्ठा बढाउन र अन्तर्राष्ट्रिय सहयोग जुटाउनका लागि आफूले छिमेकी राष्ट्र भारत र चीन र मित्रराष्ट्र अमेरिकाको भ्रमण गरेको बताउँदै प्रधानमन्त्रीले पार्टीको अभियान सकाएर विधान सम्मेलन गर्ने र त्यसपछि अधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिए ।

    पार्टी अध्यक्षले सात प्रदेशका सात वडामा पुग्नुपर्ने पार्टीको निणर्य बमोजिम आफू आज यहाँ आएको बताउँदै प्रधानमन्त्रीले जनताको आशा अपेक्षाअनुसार पार्टीले काम नगरेको जनगुनासो आएपछि यो अभियान चलाइएको बताए । उनले भने, “यो अभियानले एकपटक फेरी पार्टीसँग जनतालाई जोड्न, जनतामा नयाँ, आशा जगाउन र जनयुद्धका घाइते, सहिद परिवार, बेपत्ताका परिवारसँग माओवादीलाई जोड्न सफल भएको छ ।” वडाको विकासका लागि आफू प्रतिबद्ध रहेको उनले बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ