Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

१४औं कास्की जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड पौष १३ र १४ गते


ग्लोबल पाना
आइतबार, मंसिर २४ २०८०
  • 476
    SHARES

  • images
    १४औं कास्की जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड पौष १३ र १४ गते

    पोखरा । १४औं कास्की जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पौष १३ र १४ गते पोखरामा हुने भएको छ । जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजनामा सम्पन्न हुने उक्त प्रतियोगिता पोखरा रंगशालामा सम्पन्न हुने भएको हो ।

    images
    images
    images

    जिल्ला समन्वय समिति प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको कास्की जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष तोरण बानियाँले जानकारी दिनुभयो । जिल्लामा राष्ट्रपति कप सञ्चालनका लागि जिल्ला समन्वय समितिको प्रमुखको अध्यक्षतामा समिति रहने ब्यबस्था अनुरुप आइतबार उक्त बैठक सम्पन्न भएको हो ।

    बैठकमा प्रमुख पौडेलले प्रतियोगितालाई भब्य रुपमा सफल पार्न आग्रह गर्दै खेल गतिविधि प्रभाबकारी रूपमा संचालन भए स्वस्थ नागरिक मार्फत समृद्धिको सपना साकार हुने उल्लेख गर्नुभयो । खेलाडी राष्ट्रको गौरव भएको र प्रतियोगिताले व्यावसायिक खेलाडी उत्पादनमा महत्त्वपूर्ण भुमिका खेल्दै आइरहेको भन्दै पौडेलले आगामी प्रतियोगिता ब्यबस्थित र प्रभाबकारी तवरले संचालन गर्न सरोकारवाला सबैको महत्त्वपूर्ण भुमिकाको अपेक्षा गर्नुभयो।

    प्रतियोगितालाई भव्य एवं सभ्य रुपमा सम्पन्न गर्न नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीले समेत आफ्नोतर्फबाट सहयोग गर्ने भएको बैठक पश्चात अध्यक्ष बाँनियाले जानकारी दिनुभयो। दुई दिन सम्म चल्ने प्रतियोगितामा कास्कीका चार गाउँपालिका र पोखरा महानगरको सहभागिता रहने छ ।

    प्रतियोगितामा छात्र/छात्रा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उशु खेलमा प्रतिष्पर्धा हुनेछ । कास्की जिल्लाबाट ६ खेलका करिव ८० जना उत्कृष्ट खेलाडी १४ औं गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डका लागि छनौट हुनेछन् । गत सस्करणको कास्की जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि माछापुच्छ्रे गाउँपालिकाले जितेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ