काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड (GILB) ले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घाषणा गरेको छ ।
लघुवित्तले कर प्रयोजनसहित हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर २४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निणर्य गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


