Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

स्वास्थ्य मन्त्री बस्नेतद्वारा भरतपुर अस्पतालको बर्थिङ युनिटको उद्घाटन


ग्लोबल पाना
सोमबार, मंसिर २५ २०८०
  • 270
    SHARES

  • images
    स्वास्थ्य मन्त्री बस्नेतद्वारा भरतपुर अस्पतालको बर्थिङ युनिटको उद्घाटन

    चितवन । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले चितवनस्थित भरतपुर अस्पतालको प्रसूति सवभाग अन्तरगत निर्माण गरिएको वर्थिङ युनिटको उद्घाटन गरेका छन् । भरतपुर अस्पतालमा आयोजना गरिएको एक विशेष कार्यक्रमबिच सोमबार स्वास्थ्य मन्त्री बस्नेतले उक्त वर्थिङ युनिटको उद्घाटन गरेका हुन ।

    images
    images
    images


    कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले वर्तमान चिकित्सा शिक्षा ऐनमा आवश्यक संसोधन गरेर स्वदेशमै चिकित्सा शिक्षा पढ्ने वातावरण बनाउन लागिएको जानकारी दिदै चितवनलाई साच्चिकै मेडिकल हवको रुपमा विकास गर्नका लागि स्वदेशमै पढ्न पाउने अवस्था सिर्जना गर्न आवश्यक रहेकोमा जोड दिए ।


    नेपालको सरकारी स्वास्थ्य सेवामा विगत अढाई दशकदेखि स्वास्थ्यकर्मीको दरबन्दी नबढेकाले आफ्नो पूणर् ध्यान दरबन्दी बढाउनेमा रहेकाले यसै वर्षभित्र हजारौंको संख्यामा स्वास्थ्यकर्मीको दरबन्दी बढ्न दावी गरे ।


    मन्त्री बस्नेतले विगत ६ महिनाको अवधिमा स्वास्थ्य क्षेत्रको सुधारका धेरै काम सुरु भएको बताउदै आउदो ६ महिनाभित्र स्वास्थ्य क्षेत्रमा देखिने गरि काम गर्ने दावी गरे । कार्यक्रममा वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशी, अस्पतालका प्रमुख, चिकित्सकहरु र स्वास्थ्यकर्मीको सहभागिता थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ