Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

प्यालेस्टाइनलाई समर्थन गर्दा अमेरिकामा सुपरमोडलमाथि अनुसन्धान


ग्लोबल पाना
सोमबार, मंसिर २५ २०८०
  • 290
    SHARES

  • images
    प्यालेस्टाइनलाई समर्थन गर्दा अमेरिकामा सुपरमोडलमाथि अनुसन्धान

    काठमाडौं । अक्टोबर ७ मा हमासले गाजा पट्टीबाट ५ हजारभन्दा बढी रकेट प्रहार गरेर इजरायलमा आक्रमण गरेको थियो । त्यसको लगत्तै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासविरुद्ध युद्धको घोषणा गरेका थिए । यस युद्धमा गाजा पट्टी पूणर् रूपमा ध्वस्त भएको छ। यद्यपि यो युद्ध अहिले पनि चलिरहेको छ, तर यसबाहेक विश्वभर यो युद्धको चर्चा पनि रोकिएको छैन ।

    images
    images
    images

    प्यालेस्टिनी-अमेरिकी मोडल गिगी हदीद इजरायल र हमासबीचको द्वन्द्वबारे विवादास्पद टिप्पणीका कारण अनुसन्धानको घेरामा परेकी छन् । राजनीतिक मुद्दामा खुलेर बोल्ने २८ वर्षीया फेसन आइकनले आफ्नो इन्स्टाग्राम पोस्टबाट हलचल मच्चाएकी छिन् ।

    यद्यपि उनले पछि यो पोस्ट हटाइन् । पोस्टमा, हदीदले इजरायलले प्यालेस्टिनीहरू विरुद्ध लामो समयदेखि हिंसा, हत्या, यातना, बलात्कार, अपहरण र अपमान गरेको आरोप लगाइन् र अक्टोबर ७ मा हमासले गरेको आक्रमण यी सबैको जवाफ भएको दाबी गरिन् ।

    यति मात्र होइन, हदीदले आफ्नो पोस्टमा इजरायललाई विश्वमा एक मात्र यस्तो राष्ट्रको रूपमा वणर्न गरिन् जसले बच्चाहरूलाई युद्धबन्दीको रूपमा कब्जा गर्छ। उनले एक प्यालेस्टिनी युवा अहमद अलमानसाराको केसलाई उल्लेख गरिन् जसलाई १३ वर्षको उमेरमा इजरायली अधिकारीहरूले कब्जामा लिएका थिए जब उनी र उनको भाइले सुरक्षा गार्ड र अर्को जवान केटालाई आक्रमण गरे। अलमानसारालाई सुरुमा १२ वर्षको जेल सजाय सुनाइएको थियो, जुन पछि घटाएर ९.५ वर्ष गरिएको थियो ।

    हदीदले इजरायली अधिकारीहरूले मृत प्यालेस्टिनीहरूको अङ्गहरूको अनाधिकृत कटनी पनि गरेको आरोप लगाउँदै भिडियो साझा गरिन्। उनको यो दावीले सामाजिक सञ्जालमा मानिसहरूलाई झनै आक्रोशित बनाएको छ। हदीदको पोस्टप्रति सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आक्रोश व्यक्त गरेका छन् । कतिपयले उनको मोडलिङ एजेन्सी आईएमजीसँगको सहकार्य तोड्न समेत माग गरेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ