Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

जीटीए फाउन्डेसनको पहलमा माउन्टेन गाइड लक्षित मुटुरोग सम्बन्धी निस्शुल्क स्वास्थ्य शिबिर सञ्चालन


ग्लोबल पाना
सोमबार, मंसिर २५ २०८०
  • 431
    SHARES

  • images
    जीटीए फाउन्डेसनको पहलमा माउन्टेन गाइड लक्षित मुटुरोग सम्बन्धी निस्शुल्क स्वास्थ्य शिबिर सञ्चालन

    काठमाडौं । जीटीए फाउन्डेसनले माउन्टेन गाइड, ट्रेकिङ गाईड र भरियाहरूलाई लक्षित गरी शनिबार पहिलो पटक एक दिने निस्शुल्क मुटु जाँच शिविर सफलतापूर्वक सम्पन्न गरेको छ । शनिबार बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा जीटीए फाउन्डेसन र हेनरी फोर्ड हेल्थको बिशेष साझेदारीमा शेर्पा प्रोजेक्ट अन्तर्गत आयोजना गरिएको कार्यक्रममा ७० जना भन्दा बढीले सेवा लिएका थिए । शिबिरमा मुटुरोग विशेषज्ञहरुको टोलीले सेवा प्रदान गरेका थिए ।

    images
    images
    images

    जीटीए फाउण्डेशनका प्रमुख दीपक चन्द्र बज्राचार्यले हेनरी फोर्ड हेल्थ र शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रसँगको सहकार्यमा फाउण्डेशनले हिमालय र उच्च हिमाली पर्यटनमा संलग्न व्यक्तिहरूलाई लक्षित गरी शिबिर सञ्चालन गरेको बताउँदै यस्ता हृदय जाँच शिविरहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।


    उनले यसभन्दा अघि सामान्य खालको शिबिर सञ्चालन गरेपनि काठमाण्डौँ लक्षित पहिलो शिबिर भएको बताउँदै बिशेष रूपमा हिमाल यात्राको जोखिम र मुटु को सुरक्षामा पुर्व सचेतना जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको जानकारी दिदै कार्यक्रम एकदमै प्रभावकारी भएकोमा आफुहरु उत्साहित भएको बताए ।

    सेवा लिन पुगेका सहभागीहरुले निस्शुल्क रूपमा मुटुको सम्पुणर् चेकजाँच गराउन पाउदा निकै खुशी लागेको र आयोजक संस्था प्रती आभारी रहेको प्रतिक्रिया दिएका थिए । चेकजाँच पछि उनीहरुलाइ प्रमाणपत्र प्रदान गरिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ