Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

रेष्टुरेन्टमा बसेर आफ्नो खानेकुराको फोटो शेयर गर्दा ८१ लाखको बिल


ग्लोबल पाना
सोमबार, मंसिर २५ २०८०
  • 303
    SHARES

  • images
    रेष्टुरेन्टमा बसेर आफ्नो खानेकुराको फोटो शेयर गर्दा ८१ लाखको बिल

    काठमाडौं । संसारमा सबै कुरा यति डिजिटल भएको छ कि रेस्टुरेन्टमा गएर पनि मानिसहरु क्युआर कोड मार्फत अनलाइन खाना अर्डर गर्छन्। प्रत्येक टेबलको लागि क्युआर कोड हुन्छ, जसको मतलब खाना कसैको नामले होइन तर टेबलको लागि अर्डर गरिन्छ। तर यो छिटो प्रविधि एक महिलाको लागि ठूलो समस्या बन्यो।

    images
    images
    images

    कुरा चीनको हो । वाङ नामकी महिला आफ्नो साथीसँग एउटा रेस्टुरेन्टमा पुगिन् । उनले क्यूआर कोड मार्फत टेबलमा खाना अर्डर गरिन् । जब खाना आइपुग्यो, उनले आफ्नो साथीसँग खानाको फोटो खिच्न थालिन् र तुरुन्तै ती फोटोहरू सोशल मिडियामा सेयर गरिन्।

    यहाँ उनले ठुलो गल्ती गरेको उनले पत्तै पाइनन् । किनभने केही समय पछि एक रेस्टुरेन्ट कर्मचारी उनीकहाँ आए र उनलाई आफ्नो ४ लाख ३० हजार युआन (८१ लाख रुपैयाँ) को ठूलो अर्डर कन्फर्म गर्न भने। यो थाहा पाउँदा महिला छक्क परिन् । किनभने उनले त्यति धेरै खाना अर्डर गरेकी थिएनन्।

    वाङलाई अचानक उनको सामाजिक सञ्जाल पोस्ट याद आयो। वास्तवमा उनले सोसल मिडियामा सेयर गरेको तस्विरमा टेबलको क्यूआर कोड पनि आएको थियो । यस्तो अवस्थामा मानिसहरूले रमाइलो गर्नको लागि त्यो कोडमार्फत टेबलका लागि धेरै खाना अर्डर गरेका थिए। वाङले तुरुन्तै पोस्ट हटाइन् तर सायद कसैले यसलाई डाउनलोड गरेको थियो र खाना अझै अर्डर भइरहेको थियो।

    उक्त कोड प्रयोग गरेर मानिसहरूले हाँसको ताजा रगतको १ हजार ८५० पोर्शन, स्क्विडको २ हजार ५८० पोर्शन र झिंगाको पेस्ट ९ हजार ९ सय ९० पोर्शन अर्डर गरेका थिए । यी सबैको मूल्य धेरै उच्च थियो। राम्रो कुरा यो थियो कि रेस्टुरेन्टले वाङको समस्या बुझ्यो र यी सबै कुराको बिल मागेन। अर्को टेबुल पनि दियो ।

    यहाँ, रेस्टुरेन्ट व्यवस्थापनले खाना अर्डर गर्ने व्यक्तिलाई न त ट्रेस गर्न सक्छ न त रोक्न सक्छ। वाङले यो उनको लागि ठूलो पाठ भएको र अब सामाजिक सञ्जालमा कुनै पनि कुरा सेयर गर्नुअघि १० पटक सोच्ने बताइन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ