Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

गाजाका शरणार्थीका कारण इजिप्ट समस्यामा, इजरायल-अमेरिकासँग सम्बन्ध तोड्ने चेतावनी


ग्लोबल पाना
सोमबार, मंसिर २५ २०८०
  • 253
    SHARES

  • images
    गाजाका शरणार्थीका कारण इजिप्ट समस्यामा, इजरायल-अमेरिकासँग सम्बन्ध तोड्ने चेतावनी

    काठमाडौं । इजिप्टले अमेरिका र इजरायललाई प्यालेस्टाइनीहरू गाजा पट्टीबाट भागेर सिनाई प्रायद्वीपमा आए भने कूटनीतिक सम्बन्धमा ‘तोडिन’ सक्ने चेतावनी दिएको छ। उत्तरी गाजा पछि इजरायली सेनाले अब दक्षिण गाजामा ग्राउण्ड अपरेशन चलाएको छ । इजिप्टको सिनाई सबैभन्दा नजिक भएकोले यस क्षेत्रबाट प्यालेस्टिनीहरू ठूलो मात्रामा बसाइँ सर्दै आएका छन्।

    images
    images
    images

    प्यालेस्टाइनी चरमपन्थी समूह हमासले अक्टोबर ७ मा गरेको आक्रमणको बदलास्वरुप इजरायलले सुरु गरेको आक्रमण र भूमिगत कारबाहीका कारण गाजामा बढ्दो मानवीय संकटको बीचमा यो चेतावनी आएको हो।

    इजरायल-हमास युद्ध बुधबार तेस्रो महिना प्रवेश गरेको छ र गाजामा हालसम्म १६ हजार प्यालेस्टाइनीहरू मारिएको हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    यसैबीच, संयुक्त राष्ट्रसंघले डिसेम्बर ३ सम्म, लगभग १९ लाख प्यालेस्टिनीहरू वा गाजा पट्टी भित्र बस्ने लगभग ८५ प्रतिशत जनसंख्या विस्थापित भएको बताएको छ।

    इजरायल-हमास युद्ध सुरु भएदेखि नै इजिप्ट आफ्नो क्षेत्रमा प्यालेस्टिनीहरूको आगमनलाई लिएर चिन्तित छ। उसले प्यालेस्टाइनी शरणार्थीहरूलाई स्वीकार नगर्ने बारम्बार बताएको छ।

    इजिप्टको सरकार युद्धको सुरुदेखि नै इजरायलले गाजाबाट प्यालेस्टिनीहरूलाई सिनाइमा धकेल्नेछ र तिनीहरूलाई युद्ध पछि फर्कन अनुमति दिने छैन भन्ने कुराले चिन्तित छ ।

    इजरायली अधिकारीहरूले निजी र सार्वजनिक रूपमा यसलाई अस्वीकार गरेका छन् र इजिप्टलाई कुनै पनि घाइते प्यालेस्टाइनीलाई चिकित्सा उपचारको लागि गाजा छोड्न अनुमति दिइनेछ आश्वासन दिएका छन् ।

    यस हप्ताको सुरुमा, इजरायली सेनाले दक्षिणी गाजा पट्टीमा आफ्नो सैन्य अभियान विस्तार गर्यो। यसको लक्ष्य खान युनिस सहर हो, जहाँ इजरायली रक्षा बल (आईडीएफ) ले हमास नेताहरू लुकेको विश्वास गर्छन्।

    खान युनिसमा लडाई सुरु भएदेखि धेरै प्यालेस्टाइनीहरू इजिप्टको सीमामा रहेको रफाह सहरमा भागेका छन्। बिहीबार वाशिंगटन डीसीमा एस्पेन सुरक्षा फोरममा बोल्दै, इजिप्टका विदेशमन्त्री सामेह शौकरीले गाजाबाट प्यालेस्टाइनीहरूलाई इजिप्टमा विस्थापित भएमा यो ‘अनुचित र अन्तर्राष्ट्रिय कानूनको विपरीत’ हुने बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ