Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्यूरिटिज सञ्चालनमा


ग्लोबल पाना
सोमबार, मंसिर २५ २०८०
  • 360
    SHARES

  • images
    ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्यूरिटिज सञ्चालनमा

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको जेबीएनएल सेक्यूरिटिज् लिमिटेडले सोमबारदेखि धितोपत्र कारोवार सम्बन्धी सेवा सुरु गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक समारोहबिच सो कम्पनीको उद्घाटन गरी टीएमएस मार्फत धितोपत्र खरिद सेवाको शुभारम्भ गर्नुभयो ।

    images
    images
    images

    सो समारोहमा अध्यक्ष ढकालले संस्थाको पूणर् व्यवसायिक सफलताको कामना गर्नुभयो र धितोपत्र बजारको विकास र विस्तारसंगै मुलुकको आर्थिक गतिविधिमा समेत यो कम्पनीले महत्वपुणर् भूमिका खेल्न सक्नुपर्ने बताउनुभयो ।

    त्यसैगरी ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संस्थागत सुशासन, पूर्वाधार तथा नियमनकारी निकायहरुबाट प्राप्त निदेर्शनको पूणर् परिपालनामा यो कम्पनी उदाहरणीय हुने बताउनुभयो ।

    समारोहमा ग्लोबल आइएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कम्पनी सचिव विष्णुप्रसाद बास्कोटा, कम्पनीका संचालकहरु लगायत बैंकको उच्च व्यवस्थापन तहका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

    नेपाल धितोपत्र बोर्डबाट धितोपत्र कारोवारको लागि इजाजत प्राप्त यो कम्पनीको कारोबार स्थान कामनपा वडा नं १० नयाँबानेश्वर शंखमुलमार्ग र नेपाल स्टक एक्सचेञ्ज लि.को धितोपत्र दलाल सदस्य नं ८९ रहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ