Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

जाजरकोटका भूकम्प पीडित विद्यार्थीलाई सहयोग


ग्लोबल पाना
सोमबार, मंसिर २५ २०८०
  • 307
    SHARES

  • images
    जाजरकोटका भूकम्प पीडित विद्यार्थीलाई सहयोग

    विराटनगर । जाजकरकोटका भूकम्प पीडित विद्यार्थीका लागि लायन्स क्लव अफ विराटनगर (एलसीबी) गुराँसले न्यानो पोशाक वितरण गरेको छ । गत कात्तिक १८ गते शुक्रबार राति गएको भूकम्पका कारण घरबाहिर हुन पुगेका स्कुले बालबालिकालाई लक्षित गर्दै एलसीबी गुराँसले ट्रयाकसुट वितरण गरेको हो ।

    images
    images
    images

    भूकम्पको केन्द्रविन्दु रहेको भेरी नगरपालिकाका दुई विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको एलसीबी गुराँसका अध्यक्ष नवराज काफ्लेले बताए ।

    उनका अनुसार भूकम्पबाट त्यस क्षेत्रका अधिकांश प्रभावित हुँदा अन्यका लागि सहयोग जुटेपनि विद्यार्थीका लागि खासै सहयोग नभएको पाएपछि एलसीबीले सानो सहयोग गरेको हो ।

    शिव मावि कालेगाउँका तीन सय र हरिशिव प्रावि गैरिगाउँका सयजना विद्यार्थीका लागि ट्रयाकसुट वितरण गरिएको हो ।

    विद्यालय पूणर् रुपमा क्षति भएपछि टिनका छाप्रा र खुला चौरमा पढ्नुपर्ने विद्यार्थीको बाध्यता रहेको भन्दै काफ्लेले उनीहरुलाई अझै सहयोगको आवश्यकता रहेको बताए ।

    ‘हामीले गरेको सहयोग ठूलो हैन, तर यसरी नै सबैको ध्यान जान आवश्यक छ, काफ्लेले भने, ‘जाडो बढ्दै जाँदा विद्यार्थीको अवस्था कस्तो होला भन्ने लागेर अमेरिका निवासी नारायण अधिकारीलगायत परिवारको सहयोगमा पोशाक वितरण गरेका हौं ।’

    पूर्वअध्यक्ष अधिकारी र काफ्ले जाजरकोट पुगेर शिव मावि कालेगाउँका विद्यार्थीलाई पोशाक वितरण गरेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ