Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

धितोपत्र बोर्डद्वारा आईपीओ बाँडफाँटमा १० कित्ते नीति परिवर्तन गर्न समिति गठन


ग्लोबल पाना
सोमबार, मंसिर २५ २०८०
  • 326
    SHARES

  • images
    धितोपत्र बोर्डद्वारा आईपीओ बाँडफाँटमा १० कित्ते नीति परिवर्तन गर्न समिति गठन

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर (आईपीओ) बाँडफाँटमा पुगेसम्म सबैलाई १० कित्ता दिनुपर्ने व्यवस्था गरेको थियो । तर अब बोर्डले पुगेसम्म सबैलाई आवेदनकर्तालाई १० कित्ता सेयर दिनुपर्ने व्यवस्थामा पुनरावलोकन गर्ने भएको छ । त्यस्तै बोर्डले यो व्यवस्था पुनरावलोकन गर्नका लागि विज्ञ सञ्चालक भोलानाथ ढुंगानाको नेतृत्वमा समिति गठन गरेको जनाइएको छ ।

    images
    images
    images

    ढुंगाना नेतृत्वको गठित समितिमा अन्य सदस्यहरु प्रवक्ता मुक्तिनाथ श्रेष्ठ, सञ्चालक कुमार झा र अम्बिकाप्रसाद गिरी रहेका छन् । समितिले हालको न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने र बाँडफाँटमा पनि न्यूनतम १० कित्ता दिनुपर्ने व्यवस्थाको विस्तृत अध्ययन गरी यसमा पुनरावलोकन गर्ने नगर्ने विषयमा सुझाव दिनेछ ।

    केही लगानीकर्ताले यो व्यवस्थालाई परिमार्जन गरी कम्तीमा ५० कित्ता बाँडफाँट गर्नुपर्ने माग गर्दै आएका छन् । बुक बिल्डिङ पद्धतिबाट हुने बाँडफाँटमा भने न्यूनतम ५० कित्ताकै लागि आवेदन दिनुपर्ने र बाँडफाँटमा पनि न्यूनतम ५० कित्ता दिनुपर्ने व्यवस्था रहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ