Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

घट्यो माछापुच्छ्रे बैंकको ब्याजदर


ग्लोबल पाना
मंगलबार, मंसिर २६ २०८०
  • 297
    SHARES

  • images
    घट्यो माछापुच्छ्रे बैंकको ब्याजदर

    काठमाडौं । माछापुच्छ्रे बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (मंसिर २६ गते) बाट नै लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक भएको हो । मंसिर महिनाका लागि ब्याजदर बढाउने एक मात्र बैंक बनेको माछापुच्छ्रेले पुस नलाग्दै ब्याजदर घटाएको हो।

    images
    images
    images

    बैंकले मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगततर्फ ९.६० प्रतिशत र संस्थागततर्फ ७.६० प्रतिशत कायम गरेको छ । बैंकले साधारण बचत खातामा न्युनतम ४.६० देखि अधिकतम ६.६० प्रतिशत कायम गरेको छ । रेमिटेन्स बचत खाता भने ७.६० प्रतिशत ब्याजदर कायम गरेको छ।

    त्यसैगरी रेमिटेन्स मुद्दती खाताका लागि १०.६० प्रतिशत ब्याजदर दिने जनाएको छ । यसअघि कुमारी, एनएमबी, एनआईसी एसियालगायत बैंकले ब्याजदर घटाइसकेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ