Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

बुढेसकालमा जीविका चलाउन अरुकै भर


ग्लोबल पाना
मंगलबार, मंसिर २६ २०८०
  • 338
    SHARES

  • images
    बुढेसकालमा जीविका चलाउन अरुकै भर

    कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकाको झलारी बजार सडक छेउमा ८३ वर्षीय मन्दिर सार्की दैनिक तरकारीका बिरुवा बेच्छन्। बिरुवा यो काममा उनी नौ वर्षदेखि संलग्न रहदै आएका हुन्। सार्की भारतीय व्यापारीले उत्पादन गरेका काउली, बन्दा, भण्टा, प्याजलगायत तरकारीका बिरुवा ल्याएर बेच्छन्।

    images
    images
    images

    बिरुवा बिक्री गरेबापत भारतीय व्यापारीले दैनिक रु दुई सय पारिश्रमिक दिने गरेको र त्यही रकमले श्रीमती र आफनो दैनिक खर्च चलाउने गरेको उनी बताउँछन्। भारतीय व्यपापारीले घरमै बसेको देखेर दया गरी बिरुवा बेच्न दिएको बताउने सार्की बिहान ९ बजे बिरुवा बेच्न बजारतर्फ दौडिन्छन्। र साँझ ७ बजेपछि मात्रै घर फर्किन्छन्।

    “बिरुवा छिट्टै बिक्री भए छिटो घर जान्छु” उनी भन्छन्, “बिक्री नभएका दिन ग्राहक कुर्दै साँझ निकै अबेर पनि हुन्छ । दैनिक पाउने पैसा बचत गरी धान, गहुँ, चामल, नून, तेल र लत्ताकपडाको जोहो गर्दै आएको छु ।”

    “हिउँदका बेला तरकारीका बिरुवा बिक्री गरेबापत पाइने पारिश्रमिकले जेनतेन घरखर्च चल्छ”, सार्की भन्नुहन्छ, “अरु बेला नगरपालिकाबाट पाइने ज्येष्ठ नागरिक भत्ताको रकमले खर्च चलाउने गर्छौँ।” दुबै बुढाबुढी स्वासप्रश्वाससम्बन्धी बिरामी भएकाले आधा पैसा यसमै खर्चिने गरेको उनी बताउँछन्।सार्कीका दुवै बुढाबुढी कलुवापुर गाउँमा रहेको कच्ची झोपडीमा बस्दै आएका छन्।

    “डडेल्धुराको चिपुरको पूख्र्यौली घरमा हुँदा पनि निकै दुःख पाइयो” उहाँ भन्छन्, “अरुको हलो जोतेर गुजारा चलाउनु पर्दथ्यो, साँझबिहान खानाको व्यवस्था गर्न निकै सकस थियो । हलो जोत्ने कार्य भने बुवाबाजेकै पालादेखि गर्दै आएको थिएँ तत्कालीन माओवादी जनविद्रोह सुरु भयो। हलो जोत्दै आएको मालिकले माओवादी विद्रोहीको कारबाहीमा पर्ने डरले कामबाट छुटाए ।”

    बेखर्ची भएपछि दुई दाजुभाइले सल्लाह गर्‍यौं र आफन्त भएकै ठाउँमा तराई झेरर सहज जीवनयापन गर्न सकिन्छ कि भन्ने सोचअनुसार डेढ दशक अघि यहाँ आइपुगेको सार्की जानकारी गराउछन्।

    केही वर्ष काम गरेर दुवै दाजुभाइले पैसा बचत गरी ऐलानी पाँच कठ्ठा जग्गा खरिद गरिएपछि अंशबण्डा गर्दा अढाइ कठ्ठा जग्गा भागमा परेको र त्यही जग्गामा तीन छोराले अंश लिएपछि सानो झुपडीमा दुबै बुढाबुढी बस्दै आएका उनको भनाइ छ।

    छोरा छुट्टिएर अलग बस्न थालेपछि बुढाबुढीका लागि सहारा कोही नभएकाले अरुको तरकारीका बिरुवा बेच्ने कार्य गरेर जीविका चलाउन विवस भइएको सार्की बताउँछन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ