Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

मुद्दा मिलाई दिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ


ग्लोबल पाना
मंगलबार, मंसिर २६ २०८०
  • 401
    SHARES

  • images
    मुद्दा मिलाई दिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

    काठमाडौं । मुद्दा मिलाई दिन्छु भन्दै रु ९९ लाख ७५ हजार ठगी गरेको अभियोगमा दुई जनालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जको प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं नागार्जुन नगरपालिका-१ रानीवन बस्ने भोजपुर हतुवागढी गाउँपालिका-५ घर भएका २६ वर्षीय रीतु राई र बर्दिया पाताभार गाउँपालिका-१ घर भएका २१ वर्षीय निरेश चौधरी रहेका छन् ।

    images
    images
    images

    आपराधिक विश्वासघात र सङ्गठित अपराध समेत मुद्दामा कारागार कार्यालय जगन्नाथ देवलमा पुर्पक्षका लागि थुनामा रहेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका-५ घर भएका रेवन्त खड्काको मुद्दा मिलाई थुनामुक्त गराइदिन्छु भन्दै खड्काका परिवारबाट पटक-पटक गरी उक्त रुपैयाँ ठगी गरेको खुल्न आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । निजहरुमाथि आपराधिक विश्वासघात तथा ठगी मुद्दामा थप अनुसन्धान भइरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ