Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सतबीजका नाममा अन्न खेर नफालौँ


ग्लोबल पाना
मंगलबार, मंसिर २६ २०८०
  • 508
    SHARES

  • images
    सतबीजका नाममा अन्न खेर नफालौँ

    ✍️सबु बस्नेत

    images
    images
    images

    काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर क्षेत्रमा बाला चतुर्दशीका दिन हरेक वर्ष दिवंगत भएका आफन्तको सम्झना गर्दै सतबीज छरिन्छ । अघिल्लो रात त्रयोदशीको दिन दीप प्रज्वलन गरी राति जाग्राम बसी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै दिप प्रज्वलन गरिन्छ । मेरो बुवाको आत्माको चिर शान्तीको कामना गर्दै मैले पनि जोर बत्ती बाले । बेलुका चार बजे हामी एक जना अंकलको बुवा बितेर त्यही कृयापुत्री बस्नु भएको थियो । त्यसैले हामी भेट्न गयौँ । ओ हो ! कति धेरै भिड । पाइला टेक्ने ठाउँ पनि थिएन । आफ्ना आफन्त समझेर उहाँहरुको आत्माको चिर शान्तीको कामना गर्दे आउनेहरू एकातिर ।अर्कोतिर पशुपतिको जात्रा सिद्राको व्यापार भनेजस्तै बाटोभरी खुद्राखुद्री सामान बेच्नेको भिड पनि उस्तै थियो । यसो सम्झे पशुपतिनाथ भगवानलाई पो उकुसमुकुस भयो कि ? ठेलमठेलको भिडबाट उम्केर निस्कनु मलाई पनि निकै गाह्रो भयो । फोहर उस्तै थियो । मलाई श्वास लिन गाह्रो भयो । भगवानलाई यसरी त्यही बस्नुपर्दा कति गाह्रो भयो होला, मैले सोचे। चारैतिरको अवस्था हेरे । सबैतिर मानिसहरुले भरिभराउँ थियो पशुपति क्षेत्र ।

    भोलिपल्ट त्यो हिजोको ठेलमठेल भिडमा आएका व्यक्तिहरुले आफ्ना वितेका आफ्न्तको नाममा सतबिज छर्ने बहानामा कत्ती धेरै चामल लगायतका गेडागुडी, पिडालु, बदाम, पैसा मैले बाटोमा कत्तती देखे देखे । त्यति मात्र होईन ती मानिसले गरेका फोहोर जताततै फालिएका टपरी, यत्रतत्र छरिएका पुलहरु,फलपुल धेरै मात्रामा मैले बाटोमा देखे । मन सार्हे गहोगो भयो किन यसरी फालेका होलान् भन्ने लाग्यो बरु भोको पेटलाई दिएनि हुने नि त्यो पो धर्म होला त जस्तो मलाई मनमा लाग्यो । अलिकति खाना बासी हुदा घरमा कराउने मेरो आफन्तहरु पनि डालो भरि अन्नहरु लिएर छर्दे थिए । तर मैले छरिन । भगवानकै अघि धर्मको नाममा अन्नको नाश गरेर झन पाप लाग्ला जस्तो मलाई लाग्यो ।

    विश्वका कयोँ देशहरु अहिले भोकमरीको चपेटामा परेको छ । कयौँ बालबालिकाहरुले पोषिलो खानेकुराको अभावमा कुपोषण जस्ता रोगको शिकार हुनु परेको छ । अनि हामी आफैलाई २१ औँ सताव्दीको पढेलेखको विद्धवान भन्नेहरुलेचै हरेक वर्ष यसरीनै सतबिज छर्ने बहानामा बोराको बोरा खाद्यान्नको नाश गरि रहेका छौँ । हामीले हाम्रो परम्परा रितिरिवाजलाई मान्नु पर्छ । त्यसको म पनि मनैबाट आत्मासाथ गर्छु । तर, ती बस्तुहरु खेर फाल्नुको सट्टा सहि सदुपयोग गरेर पनि त धर्म गर्न सकिन्छ । जस्तै, पशुपति क्षेत्रमा भएका गाईहरुलाई फलफूलहरु खान दिने, खाद्यान्न भए दिन गरीबदुखीलाई बाढ्ने, चिसो मौसममा तातो कपडाहरु दिने, मन्दिर वरिपरि सफा गर्ने, निश्चित ठाउँहरु तोकेर बत्ती बाल्ने जस्ता कार्य गर्न सकिन्छ नि हैन र ?

    हामी सडकमा एक पाइला हिड्दा पनि फोहार थुप्रेको छ भने नाक थुनेर कुद्छौँ । अनि भगवानलाई चाँही आफै लगेर यसरी फोहर गर्छौं । सोचनीय छैन त यो कुरा । क्रियापुत्री बस्नेहरू भन्दै थिए, “सतबीज रातभरि मान्छे होहल्ला गरेर, शोकमा परेकालाई उस्तै गाह्रो, अर्कोतिर बिहान चोखो गरि नुहाउनु पर्ने नुहाउने ठाउँमै मानिसहरूले दिसा, पिसाब, रक्सीका बोतल र बियरका बोतल फालेर हामीलाई साह्रै गार्हो भयो । त्यतिबेला भने सफा गर्दै थिए । सुनेर दिक्क लाग्यो । हरेक बर्ष यस्तै हुन्छ।” जब सम्म मानिसहरूमा आफ्नै मनबाटै सफा हुनुपर्छ, सफा राख्नु पर्छ भन्ने कुराको ज्ञान चेतना उत्पन्न हुन्न , तबसम्म जति सुकै जे जे गरे पनि केही हुन्न रैछ । रात‌ भरि माईकिङ्ग त गरेको गरेकै छ ।

    निश्चित ठाउँमा मात्र गर्नुस् भनेर तर खै मानिसहरूले किन नसुनेको हो अंकल पनि त्यही भन्दै हुनुहुन्थ्यो । एकपटक आफ्नो हृृदयबाट नै सोचौँ त आस्थाको कुरा एउटा हो तर खेर जानेगरी जथाभावी अन्न फालेर धर्म होला त । निश्चित ठाउँमा मात्र छर्दा हुन्न र त्यो अन्न बरू भोको पेटलाई दिँदा हुन्न र अनि मन्दिर गएर दुई जोर बत्ति बालेर दुई थान बीउ चढाए हुन्न र वरपर सफा राख्नु यस्तो तिर्थस्थलको लागि राम्रो हो भन्ने ज्ञान मानिसमा नआएकै हो र ? अन्न छर्ने, धर्म गर्ने बहानामा जथाभावी गरेर भोलीका दिनमा कतै हामीलाई त्यही अन्नको सराप लाग्ने त हैन वा, हामीले जोगाउनु पर्ने बीउ खेर फालेर भोलीको पुस्ताको लागि पाप त गरिरहेका छैनौँ ।

    अब बिचार गर्ने बेला आइसक्यो । खडेरी बढ्दैछ । साथै खाद्य असुरक्षा पनि बढ्दैछ । मैले चार वर्ष भयो पशुपतिमा बत्ती बालेर आउँदा पशुपति क्षेत्रमा देखिएको दृश्य र मनमा उव्जेका कुरालाई यसरी लेख्न थालेको । तर खै कुनै वर्ष पनि मैले अन्न नफालेको वा सतबिज छर्नेको कमी देखिन । हरेक वर्ष यो पाली त कम होला भन्ने आशले पनि म जाने गरेको छु । तर, सधैँ म त्यस्तै देख्छु । तर कहिले अन्न छर्नेको कमी देखिन ।

    यसको जिम्मेवारी कसले लिने हाेला, व्यवस्थापन गर्न सम्बन्धित निकायले पनि सोच्ने बेला आयो कि र अन्न खेर मात्र गएन । त्यो दिनको फोहोर सफा गर्न दुई दिन भन्दा बढी लाग्ला । त्यो फोहोरले वातावरणनै दुषित बनायो वरपर पनि हिडडुल गर्न गार्हो भयो । त्यस्तै सफा गर्न पनि राज्यकै ढुकुटी सकिने भयो यसरी हेर्दा यो कुनै पनि तरिकाले ठिक भएन यस तर्फ बेलैमा सबैले सोच्नु पर्ने देखिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ