Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

काठमाडौंमा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री गर्न निषेध


ग्लोबल पाना
बुधबार, मंसिर २७ २०८०
  • 303
    SHARES

  • images
    काठमाडौंमा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री गर्न निषेध

    काठमाडौं। काठमाडौँ महानगरपालिकाभित्र आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबार गर्न रोक लगाइएको छ। महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको जनाएको हो।

    images
    images
    images

    आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गरिएको महानगरले जनाएको छ।

    बिँडी, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न पाइने छैन।

    कसैले बिक्री गरेको देखे नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गरी कारबाही महानगरले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ