Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

कक्षा १२ सम्मको शिक्षा चाडै निःशुल्क हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत


ग्लोबल पाना
बुधबार, मंसिर २७ २०८०
  • 253
    SHARES

  • images
    कक्षा १२ सम्मको शिक्षा चाडै निःशुल्क हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत

    सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सरकारले चाडै कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने बताएका छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ८ मा रहेको इर्खु माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सव समारोहमा मंगलबार बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले अहिलेकै सरकारले चाडै कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने दाबी गरेका हुन ।

    images
    images
    images

    सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाले गत वर्ष देखि नै कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरिसकेको बताउदै अब सरकारले देशभरि नै कक्षा १२ सम्मको शिक्षा निशुल्क गर्ने बताएका हुन । मन्त्रीपरिषद्को सदस्यको हैसियतले आफुले यस बिषयमा मन्त्रीपरिषद्मा कुरा राखिसकेको र प्रधानमन्त्री सहित सिंगो मन्त्रीपरिषद् सकारात्मक भएकाले आफ्नो प्रस्ताव चाडै लागु हुनेमा मन्त्री बस्नेतले जोड दिएका हुन ।

    मन्त्री बस्नेतले भने, ‘ कक्षा १२ सम्मको शिक्षा निःशुल्क भए आर्थिक अवस्था कमजोर भएका लाखौलाई ठूलो राहत मिल्नेछ । ’ आफू सानै उमेरदेखि निःशुल्क शिक्षाको अभियानमा लागेको दावी गर्दै मन्त्री बस्नेतले विसं २०४१ देखि ३२ वर्षसम्म सिन्धुपाल्चोकका विद्यार्थीहरुलाई निःशुल्क कोचिङ पढाएर शिक्षाको क्षेत्रमा सिन्धुपाल्चोकलाई देशकै पहिलो साक्षर जिल्ला घोषणा गरेको स्मरण गराए ।

    शिक्षाको विकास भएपछि मात्र देशको विकास संभव भएकाले स्थानिय सरकार र प्रदेश सरकारले पनि शिक्षालाई आफ्नो प्रमुख अजेण्डा बनाउनु पर्नेमा मन्त्रीको जोड थियो । स्वदेशमै चिकित्सा शिक्षा पढ्ने वातावरण बनाउनका लागि सरकारले चाडै चिकित्सा शिक्षा ऐनमा आवश्यक संशोधन गरिने दावी मन्त्री बस्नेतले गरे । स्वास्थ्य क्षेत्रमा अभाव रहेको जनशक्तिको पूर्ति छिट्टै गरिने मन्त्री बस्नेतले बताए । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका मेयर कृष्णप्रसाद सापकोटा सहित शिक्षासेवीहरुलाई सम्मान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक प्रकाश दंगालले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै पठनपाठनमा पछिल्ला वर्षमा उल्लेख्य प्रगति भएको दावी गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगवान खड्काको अध्यक्षता सम्पन्न भएको समारोहमा खेलकुलमा उत्कृष्ठ नतिजा हासिल गरेका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ