Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

किन दिए उमेश थानीले आयल निगमको कार्यकारी निर्देशकबाट राजीनामा


ग्लोबल पाना
बुधबार, मंसिर २७ २०८०
  • 262
    SHARES

  • images
    किन दिए उमेश थानीले आयल निगमको कार्यकारी निर्देशकबाट राजीनामा

    काठमाडौं । नेपालमा हुने कतिपय नियुक्तिमध्ये नेपाल आयल निगमको कार्यकारी निर्देशक पद आकर्षक हो । यो पदका लागि मरिहत्ते गर्नेहरु धेरै छन् । तर, पद पाएर पनि कार्यकाल अगावै राजीनामा दिने पात्र पनि देखिएका छन् । उनी हुन् उमेश थानी जसले नेपाल आयल निगमको कार्यकारी निर्देशकबाट मंगलबार राजीनामा दिएका छन् ।

    images
    images
    images

    थानीको कार्यकाल १५ महिना बाँकी थियो । अरबौंको ऋण बोकेको निगमको तिर्नुपर्ने रकम सबै तिरेर नाफामा लगेपछि थानीले राजीनामा बुझाएका हुन् । तेलको मूल्य घटाएर लोकप्रीय भएकै अवस्थामा उनले राजीनामा दिनुलाई चासोका साथ हेरिएको छ ।

    उमेश थानी सक्रिय राजनीतिमा जान लागेको निकटस्थ स्रोतले बताएको छ । उनी नेपाली काँग्रेसको महत्वपूणर् जिम्मेवारीमा पुग्ने भएका छन् । काठमाडौंको कुनै एक क्षेत्रबाट उनले चुनावी तयारी गर्ने बुझिएको छ । राष्ट्रिय सभा सदस्यका लागि पनि उनको चासो रहेको बुझिएको छ ।

    थानीको परिवार काँग्रेस राजनीतिमा सक्रिय छ । उनी इञ्जिनियर पृष्ठभूमिबाट आएका हुन् । इञ्जिनियर एशोशिएसनको महासचिव पनि बने ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ