Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

श्रम बजारका समस्या समाधानका लागि मन्त्री भण्डारीद्वारा सामुहिक प्रयासमा जोड


ग्लोबल पाना
बिहीबार , मंसिर २८ २०८०
  • 206
    SHARES

  • images
    श्रम बजारका समस्या समाधानका लागि मन्त्री भण्डारीद्वारा सामुहिक प्रयासमा जोड

    काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामूहिक प्रयासबाट कार्यबल तयार गर्दै श्रम बजार व्यवस्थित गरेर उत्पादकत्व अभिवृद्धि गर्नुपर्ने र सामाजिक सुरक्षा प्रदान गर्नुपर्ने बताएका छन्। साउदी अरबको रियादमा आज भएको मन्त्रीस्तरीय र व्यावसायीक गोलमेच सम्मेलनमा मन्त्री भण्डारीले विश्व द्रुत रूपान्तरणबाट गुज्रिरहेको अवस्थामा विश्वव्यापी श्रम बजारमा देखिएका समस्या समाधानका लागि सामूहिक प्रयासमा जोड दिएका हुन्।

    images
    images
    images

    उनले श्रम बजारमा रहेको सीपको खाडल पहिचान गर्ने र खाडल पूरा गर्न लक्षित प्रशिक्षण प्रदान गर्दै आएको उल्लेख गरेको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ।

    नेपालमा सङ्गठित श्रमको अनिवार्यतालाई आफूहरुले बुझेको उल्लेख गर्दै मन्त्री भण्डारीले सीप विकासलाई प्राथमिकता दिएको बताए। श्रम र रोजगारदाताबीच सम्बन्ध निर्माण गर्न सरकारी निकायले विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिँदै उनले सामाजिक सुरक्षा कसरी प्रदान गर्ने भन्ने उत्तरदायित्व सरकारको हुने उल्लेख गरे।

    प्रभावकारी सामाजिक सुरक्षाका लागि नेपाल सरकारले काम गरिरहेको बताउँदै मन्त्री भण्डारीले यसमा जोखिममा परेकालाई जोगाउन र सबैलाई समेट्न सुनिश्चित गरिने धारणा व्यक्त गरे ।

    उनले कुशल र उत्पादक श्रम बजारका लागि यस्ता अन्तर्राष्ट्रिय मञ्चमार्फत पारस्परिक सूचना र शिक्षा आदानप्रदान गर्न तथा सामूहिकरुपमा काम गर्नका लागि सम्पर्क सञ्जाल स्थापना गर्न प्रस्तावसमेत गरे।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ