Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

मिसन ८४ नेपाली जनताको हो : अध्यक्ष ओली


ग्लोबल पाना
बिहीबार , मंसिर २८ २०८०
  • 298
    SHARES

  • images
    मिसन ८४ नेपाली जनताको हो : अध्यक्ष ओली

    भोजपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीका लागि सुरु गरिएको मिसन ८४ अभियान नेपाली जनताको भएको बताएका छन्। समृद्धिका लागि संकल्प यात्राअन्तर्गत भोजपुरबाट फर्कनेक्रममा जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकाको तिवारीभञ्ज्याङमा आयोजित भेटघाट कार्यक्रममा उनले एमालेले सुरु गरेको यस अभियान एमालेको मात्र नभएर नेपाली जनताको पनि भएको बताए।

    images
    images
    images

    अध्यक्ष ओलीले आफ्नो पार्टीले साँढे तीन वर्ष सरकारको नेतृत्व गर्दा मुलुकमा असाधारण विकास गरेको बताए। उनले सरकारमा जाने जुनसुकै पार्टी देशभक्त, विकासप्रेमी, सुशासन, भेद्भाव र पक्षपात नगर्ने हुनुपर्नेमा जोड दिए।

    गत मङ्सिर १४ गतेदेखि सुरु भएको संकल्प यात्राअन्तर्गत बुधबार भोजपुर आइपुगेको टोली भोजपुरको पूर्वका गाउँपालिकामा हुने भेटघाट कार्यक्रममा सहभागी भएर आज धनकुटा हुँदै तेह्रथुम पुग्ने कार्यक्रम रहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ