Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

रैथाने बाली उत्पादनमा जोड दिऔं : अर्थमन्त्री डा. महत


ग्लोबल पाना
बिहीबार , मंसिर २८ २०८०
  • 273
    SHARES

  • images
    रैथाने बाली उत्पादनमा जोड दिऔं : अर्थमन्त्री डा. महत

    नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले रैथाने बालीको उत्पादन र जोड दिन आग्रह गर्नुभयो । प्रथम नुवाकोट खेलकुद तथा सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री डा. महतले भन्नुभयो, रैथाने बालीको बजार र माग पर्याप्त छ । थोरै उत्पादन भयो भने पनि मूल्य धेरै पाइन्छ । अब हामीले यतातिर ध्यान दिनुपर्छ ।’ उद्घाटन कार्यक्रममा मन्त्री डा. महतले भन्नुभयो, ‘रासायनिक मल, किटनाशक औषधिले रोगब्यादी बढ्यो ।

    images
    images
    images

    नयाँ नयाँ रोग देखापर्यो, यी सबै हाम्रो खानपान र जीवनशैलीले गर्दा हो । हाम्रो जीवनशैली सुहाउँदो उत्पादनलाई प्रवद्र्धन गर्न उन्मुख हुन आग्रह गर्दछु ।’ महोत्सवमार्फत् नुवाकोटको कला संस्कृति, सभ्यता, खेलकुद उत्पादन र विविध विशेषता झल्कने बताउँदै महोत्सव हेर्न आउनेले जिल्लाको विविधता चिन्ने अवसर पाउने मन्त्री डा. महतले बताउनुभयो । मन्त्री डा. महतले भन्नुभयो, ‘देशको सांस्कृतिक र भौगोलिक, जलवायु, वनस्पति, चराचुरुङ्गी, जातजाति, भाषा र भेषभुषाको विविधता नेपालको गौरव हो ।

    यो विविधताको संरक्षण हुनुपर्छ । जति धेरै विविधता छ, त्यत्ति धेरै हामी समृद्ध हुँदै जान्छौं ।’ हरेक जातिको पहिरन, खानपान, रहनसहन, लवाइखवाइ र हजारौं वर्षदेखि विकसित जीवनशैली संरक्षण हुनुपर्छ । हामीले मौलिकता छोड्दा नेपालको पहिचान गुम्ने डर भयो । अहिले पुनजागरण देशमै आइरहेको छ । हाम्रो धर्म संस्कृति र जीवनशैलीमा धेरै ठूलो शक्ति रहेको मन्त्री डा. महतको भनाइ थियो । ‘हाम्रो रैथाने बाली धेरै महत्वपूर्ण छ । पहिला रैथाने बाली उत्पादन हुन्थ्यो, पछिल्लो समय धेरै उत्पादन गर्ने नाममा रैथाने बाली लगाउन छाड्यौं’ उहाँले भन्नुभयो, ‘पेट भर्नलाई अहिले हामीलाई धेरै उत्पादन चाहियो ।

    रैथाने उत्पादन थोरै हुन्छ, बजार पनि यथेष्ट थिएन ।’ ‘नेपालमा अहिले हुनेखाने समूह जन्मियो । विदेशमा पनि यसको माग बढ्यो । थोरै उत्पादन भए पनि प्रतिफल धेरै पाउन थालियो । आधुनिक खेतीको एक मन बेच्नुस् जति आउँछ, रैथाने अथवा आर्गनिक बाली बिक्री गरियो भने दोब्बरभन्दा बढी आम्दानी हुन्छ’ मन्त्री डा. महतले भन्नुभयो । नुवाकोटमा उत्पादन हुने फलफुल र तरकारी एक डेढ घन्टामा हामी काठमाडौंको बजारमा पु¥याउन सक्ने सम्भावना औंल्याउँदै मन्त्री डा. महतले भन्नुभयो, सडक सञ्जालको विस्तार भएको छ, अब घरमा बसेर काठमाडौंमा जागीर खान सकिन्छ, डेरा लिइराख्नु पर्दैन ।’

    कार्यक्रममा विभिन्न विभिन्न सांस्कृतिक झाँकी, गीत, संगीत र सांस्कृतिककर्मीले नृत्य प्रस्तुत गरेका थिए भने खेलाडीहरुले तेक्वान्दोका खेलहरु सांगीतिक महोलमा प्रदर्शन गरेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ