Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

पार्किङ दस्तुर उठाउन नपाउने कामपाको निणर्य सर्वोच्चद्वारा बदर


ग्लोबल पाना
बिहीबार , मंसिर २८ २०८०
  • 255
    SHARES

  • images
    पार्किङ दस्तुर उठाउन नपाउने कामपाको निणर्य सर्वोच्चद्वारा बदर

    काठमाडौं । सर्वोच्च अदालतले निजी स्वामित्वको घरजग्गामा पार्किङ दस्तुर उठाउन नपाउने काठमाडौं महानगरपालिकाको निणर्यलाई बदर गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मालता माथेमा र कुमार रेग्मीको संवैधानिक इजलासले यही मङ्सिर २० गते गरेको आदेशको आज लिखित आदेश सार्वजनिक गदै उक्त निणर्य बदर गरेको हो ।

    images
    images
    images

    आदेशमा भनिएको छ, “निवेदकहरुको सम्पत्ति उपभोग गर्ने वा व्यवसाय गर्ने हकमा अंश लगाउने अधिकार नेपालको संविधानको धारा २२८ ले स्थानीय तहलाई प्रदान गरेको नदेखिइ काठमाडौं महानगरपालिका आर्थिक ऐन, २०५० को उक्त व्यवस्था नेपालको संविधानको धारा २२८ को व्यवस्थासँग बाझिएको देखिँदा काठमाडौं महानगरपालिका आर्थिक ऐन, २०८० को दफा १२ को उपदफा (४) र अनुसूची ११(क) को क्रमसङ्ख्या या (१) र क्रमसङ्ख्या (३) लाई नेपालको संविधानको धारा १३३ को उपधारा (१) बमोजिम आजको मितिदेखि अमान्य र बदर घोषित गरिएको छ ।”

    महानगरपालिकाको नगरसभाको १३औँ अधिवेशनबाट पारित गरेको कामपा आर्थिक ऐन, २०८० मा पार्किङसम्बन्धी व्यवस्थामा निजी मार्ट, रेस्टुरेण्ट, सपिङ कम्प्लेक्स, अस्पताललगायत स्वास्थ्य सेवाप्रदायक संस्थाले सेवाग्राहीबाट सवारी पार्किङ गरेवापत शुल्क लिन नपाउने व्यवस्था गरिएको थियो ।

    उक्त निणर्यविरुद्ध कम्प्लेक्स डेभलपर लिजर एशोसिएशनले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ