काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ऋणी ग्राहकहरूको सेवा-सुविधालाई मध्यनजर गर्दै कर्जाको प्रिमियम दर घटाउने निणर्य गरेको छ । आउँदो जनवरी १, २०२४ देखि लागू हुने गरी कर्जाको प्रिमियम दरलाई अधिकतम ३।५% रहने गरी लागू गरिने भएको हो । यो नयाँ दर फोन लोन र क्रेडिट कार्ड बाहेक यस बैंकबाट प्रवाह भएका अन्य सबै प्रकारका कर्जाहरु उपभोग गर्ने नयाँ तथा पुराना सबै ग्राहकहरूमा लागू हुनेछ ।
बैंकले आफ्ना ग्राहकहरुको आर्थिक गतिविधि थप चलायमान होस् भन्ने उद्देश्यका साथ प्रिमियम दर घटाउने निणर्य गरेको हो । बैंकले आफ्ना ग्राहकहरुका गतिशील आवश्यकताहरु र निरन्तर परिर्वतन हुने वित्तीय परिदृश्यलाई पूरा गर्न समयानुकुल विभिन्न योजनाहरु प्रवर्धन गर्ने गरेको छ ।
देशव्यापी ३०९ शाखा-सञ्जाल, ३२० एटिएम, ६५ शाखारहित बैंकिङ्ग इकाई तथा ४९ एक्स्टेन्सन काउन्टरमार्फत बैंकले सेवा प्रदान गर्दै आएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


