Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

कृषि कर्जा साधारण कृषकको पहुच सम्म पुर्याउने सरल उपाय खोजौ : जिसस प्रमुख पौडेल 


ग्लोबल पाना
शुक्रबार, मंसिर २९ २०८०
  • 338
    SHARES

  • images
    कृषि कर्जा साधारण कृषकको पहुच सम्म पुर्याउने सरल उपाय खोजौ : जिसस प्रमुख पौडेल 

    पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले  पौडेलले कृषि कर्जा साधारण कृषकको पहुच सम्म पुर्याउने सरल उपाय खोजि गरि कर्जा प्रवाह सजिलो बनाउन आग्रह गर्नुभएको छ। अहिलेको प्रक्रिया केही झन्झटिलो र उत्पादनका काम नै छोडेर कृषकहरू कर्जा प्रक्रियामा  लाग्नुपर्ने गुनासो आएको भन्दै सरोकारवाला मन्त्रालयले यसमा विशेष ध्यान दिएर सरल प्रक्रिया अबलम्बन गर्नुपर्ने  उल्लेख गर्नुभयो।
     
    प्रमुख पौडेलले सो कुरा प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना , परियोजना कार्यान्वयन एकाइ कास्कीको आयोजनामा “ सहुलियत कृषि कर्जा कार्यान्वयनका लागि अन्तरक्रिया कार्यक्रमको शुक्रबार उद्घाटन गर्दै बताउनु भएको हो। पौडेलले  सरलिकृत अनुदान रकम  बितरण प्रक्रिया  सर्बसाधारण कृषकको पहुचमा नपुगेसम्म कुनै पनि कृषि उत्पादनमा देश आत्मनिर्भर हुन नसक्ने जुन बिना समृद्धिका नारा निरर्थक हुने जिकिर गर्नुभयो । उहाँले श्रम र बजारलाइ जोड्ने नीति निर्माण गरि कृषि उत्पादनको बजारीकरण गर्न  तदारुकता राज्यले देखाउनु पर्ने बताउनुभयो । कर्जा प्रक्रिया सरल बनाउन रास्ट्र बैंकले समेत विशेष नीति बनाउनु पर्ने उहाको कथन थियो।
     
    कार्यक्रममा गण्डकी प्रदेश सरकार कृषि मन्त्रालयका  सचिब सहदेब प्रसाद हुमागाइ , कृषि बिकास निर्देशनालय गण्डकीका महानिर्देशक बासुदेब रेग्मी, राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख डा. जगदीश पाण्डे ,पशु तथा मत्स्य बिकास निर्देशनालय गण्डकीका महानिर्देशक डाक्टर प्रेरणा सेढाई भट्टराई  , नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक आर्या  जोशी, प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना  कार्यान्वयन एकाइ  लमजुङका प्रमुख अजय अधिकारी 
     
    प्रधानमन्त्री कृषी आधुनिकीकरण  परियोजना कार्यान्वयन एकाइ स्याङ्जाका प्रमुख माधब लम्साल,प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना सहितले सहुलियत कृषि कर्जा कार्यान्वयनका सम्बन्धमा  मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा कार्यालयको तर्फबाट प्रमुख रोशन अधिकारी , नेपाल राष्ट्र बैंक पोखराका सहायक निर्देशक बिजया गौतम र कृषि मन्त्रालयका वरिष्ठ कृषि अर्थ बिज्ञ भानु भट्टराईले सहुलियत कृषि कर्जा प्रवाहको अबस्था र कार्यान्वयनका समस्या सहितका भिन्दा भिन्दै   कार्यपत्र प्रस्तुत  गर्नुभएको थियो।
     
    कार्यक्रममा सरोकारवाला कृषक, कृषी उधमी राष्ट्र बैंक  ,बैंक तथा बित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परियोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख रोशन  अधिकारीको अध्यक्षमा सम्पन्न कार्यक्रममा स्वागत  सो कार्यालयका कृषि अधिकृत निशा कंडेल र  संचालन  सामाजिक बिकास अधिकृत गोबिन्द श्रेष्ठले गर्नुभएको थियो।

    images
    images
    images

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ