Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

कृषि बिमालाई प्रभाबकारी बनाउने कार्यक्रम बनाऔं : जिसस प्रमुख पौडेल


ग्लोबल पाना
शनिबार, मंसिर ३० २०८०
  • 300
    SHARES

  • images
    कृषि बिमालाई प्रभाबकारी बनाउने कार्यक्रम बनाऔं : जिसस प्रमुख पौडेल

    पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले   नेपाल सरकारले २०६९ सालबाट कृषि बिमा कार्यक्रम संचालन गरे पनि आम कृषकहरू पूर्ण लाभान्वित हुन नसकेको भन्दै कृषी बिमाको प्रभाबकारिता वृद्धि  गर्न आग्रह गर्नुभएको छ।

    images
    images
    images

    कमजोर सुचना प्रणालीका कारण बिमा सम्बन्धमा कतिपय आम कृषक जानकार नरहेको तर्फ इङ्गित गर्दै प्रमुख पौडेलले क्षतिपूर्तिका लागि दाबी प्रक्रिया झन्झटिलो, महँगो र बिलम्ब हुने गरेको जनगुनासो रहेको भन्दै बिमाका भुक्तानीका  प्रक्रिया समय सापेक्ष परिमार्जन र परिष्कृत गर्नु पर्ने उल्लेख गर्नुभयो।

    प्रमुख पौडेलले सो कुरा प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना , परियोजना कार्यान्वयन एकाइ कास्कीको आयोजनामा “ कृषि बिमा कार्यान्वयनका लागि अन्तरक्रिया कार्यक्रमको शनिबार उद्घाटन गर्दै बताउनु भएको हो। पौडेलले सरलिकृत बिमा पहुच योग्य बनाउन सके कृषिको जोखिम न्यूनीकरण भएर कृषकहरू आकर्षित हुने  जिकिर गर्नुभयो ।

    बिमालेख जारी सहित भुक्तानी प्रक्रिया सरल बनाउन नेपाल बिमा प्राधिकरण समेत विशेष नीति बनाउनु पर्ने उहाको कथन थियो। पौडेलले किसान केन्द्रित किसान मैत्री नीति अति जरुरी भएको र त्यसको लागि सरकारी निकायहरू सक्रिय हुनुपर्ने उल्लेख गर्नुभयो । बनेका कतिपय ऐन कानुन कागजी रूपमा मात्रै सिमित भएको आफुले पाएको भन्दै तिनीहरुको ब्यबहारिक कार्यान्वयनमा समस्या देखिनु चिन्ताजनक भएको उल्लेख्य गर्नुभयो ।

    कार्यक्रममा गण्डकी प्रदेश सरकार कृषि मन्त्रालयका  सचिब सहदेब प्रसाद हुमागाइ , कृषि बिकास निर्देशनालय गण्डकीका महानिर्देशक बासुदेब रेग्मी, राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख डा. जगदीश पाण्डे ,पशु तथा मत्स्य बिकास निर्देशनालय गण्डकीका महानिर्देशक डाक्टर प्रेरणा सेढाई भट्टराई, प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका गण्डकी प्रदेशका जिल्ला प्रमुखहरू  बिमा कार्यान्वयनका सम्बन्धमा  मन्तव्य व्यक्त गर्नुभएको थियो।

    कार्यक्रममा कार्यालयको तर्फबाट प्रमुख रोशन अधिकारी, नेपाल सरकार कृषि मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत शिव सुन्दर घिमिरे  र नेपाल बिमा प्राधिकरण गण्डकीका केशव दाहाल  लगायतले कृषि ,पशुपन्क्षी तथ्य जडिबुटी  बिमाको  अबस्था र कार्यान्वयनका समस्या र चुनौती  सहितका बिषयमा भिन्दा भिन्दै  कार्यपत्र प्रस्तुत  गर्नुभएको थियो।

    कार्यक्रममा सरोकारवाला कृषक, कृषी उधमी, बिमा संस्थान र बिमा कम्पनीका  प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख रोशन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत  सो कार्यालयका कृषि अधिकृत सुष्मा घिमिरे र  संचालन  सामाजिक बिकास अधिकृत गोबिन्द श्रेष्ठले गर्नुभएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ