Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न माग


ग्लोबल पाना
आइतबार, पुस १ २०८०
  • 277
    SHARES

  • images
    पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न माग

    गण्डकी। पोखरा र भैरहवाका पर्यटन व्यवसायीले पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट तत्काल अन्तराष्ट्रिय उडान सञ्चालन गर्न सरकारसंग माग गरेका छन्। होटल संघ पोखरा र नेपाल पर्यटन बोर्डद्वारा संयुक्तरूपमा पश्चिम नेपालका सहरलाई लक्षित गरी सञ्चालित ‘जाउँ है पोखरा’ अभियानअन्तर्गत शनिबार भैरहवामा आयोजित कार्यक्रममा वक्ताहरूले विमानस्थल सञ्चालनमा आउँदा पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्नु चुनौतीको विषय भएको बताए।

    images
    images
    images

    होटल संङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले ठूलो लगानीमा बनेका विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको जनाउँदै सरकारले चाँडो अन्तर्राष्ट्रिय उडानको वातावरण तयार गर्नुपर्ने बताए। पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि सरकारलाई दबाब दिइएको जनाउँदै आफूूहरूको मागको सुनुवाइ नभएर आन्दोलन गर्न बाध्य हुने बताए। विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि परिषद्को ऐक्यबद्धता रहेको उनको भनाइ छ।

    सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले उद्घाटनको १८ महिना पुग्दा पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उचितरूपमा सञ्चालनमा नआउनु दुर्भाग्य भएको बताए। उनले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न आफूहरूको दबाबमूलक आन्दोलन जारी रहेको जानकारी दिए।

    नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन मिश्रले बोर्डको गठन, बनावट, उद्देश्य र गतिविधिबारे जानकारी गराए। कार्यक्रममा नाट्टा गण्डकीका अध्यक्ष रचना पन्त, पत्रकारद्वय माधव ढुङ्गाना र नरेश केसी, पर्यटन विकास परिषद् लुम्बिनीका कार्यकारी अधिकृत रामु जोशीलगायतले पोखरा र लुुम्बिनीबीचको पर्यटकीय साझेदारीमा जोड दिए।

    उक्त अवसरमा होटल सङ्घ पोखराले गण्डकी प्रदेश घुमघामका पर्यटकीय ‘प्याकेज’ सार्वजनिक गरिएको थियो। अभियानअन्तर्गत सङ्घले विभिन्न पाँच प्याकेज सार्वजनिक गरिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए।

    प्याकेजअन्तर्गत घुमघाम पोखरा, शैक्षिक भ्रमण, मधुमास, पोखरा-मुक्तिनाथ र पदयात्रा प्याकेज छन्। होटलमा बस्ने, खाने र घुम्नेसम्बन्धी यी प्याकेज दुई रातदेखि चार रातसम्मका र रु तीन हजारदेखि २६ हजार मूल्यबीचका छन्।

    आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार हो भन्ने मान्यताअनुरुप दुई दशकअघि सञ्चालित अभियानमा भैरहवाका साथै नेपालगञ्ज, धनगढी र महेन्द्रनगर पनि समेटिएको सङ्घका उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए।

    अभियानको उद्देश्य पश्चिमबाट पर्यटकलाई पोखरा पठाउने र पोखराबाट समेत पर्यटकलाई पश्चिम पठाउने रहेको जनाउँदै सङ्घका महासचिव राजेन्द्र ढकालले कोभिड-१९ बाट थला परेको पर्यटनलाई लयमा फर्काउनसमेत यो अभियानले बल दिने बताए।

    उक्त अवसरमा पोखराका एक हजार दुई सय होटलमा ४० हजार विस्तारा रहेको र यो क्षेत्रमा १५ हजारले रोजगारी पाएको कार्यक्रममा जानकारी गराइयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ