Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नयाँ स्वरूपमा क्लब विश्वकप आयोजना गर्ने फिफाको निर्णय


ग्लोबल पाना
सोमबार, पुस २ २०८०
  • 426
    SHARES

  • images
    नयाँ स्वरूपमा क्लब विश्वकप आयोजना गर्ने फिफाको निर्णय

    काठमाडौं। फुटबलको सर्वोच्च निकाय फिफाले क्लब विश्वकपको स्वरूप परिवर्तन गर्दै नयाँ तरिकाले आयोजना गर्ने घोषणा गरेको छ। यस अघि ६ कन्फेडेरेसनका च्याम्पियन्स लिग विजेताले भाग लिदै आएकोमा अब भने नयाँ स्वरूपमा क्लब विश्वकप संचालन हुने भएको हो।

    images
    images
    images

    फिफाको काउन्सिल बैठकले २०२५ को जुन १५ देखि जुलाई १३ सम्म फिफा क्लब विश्वकपको आयोजना गर्ने निर्णय गरेको हो। यो क्लब विश्वकप अमेरिकामा आयोजना गरिने भएको छ। त्यसैगरी विश्वकपमा छनौट हुने मापदण्ड पनि फिफाले बनाएको छ। क्लब विश्वकपमा ६ वटै कन्फेडेरेसनका क्लबहरु प्रदर्शन र वरियताको आधारमा छनौट हुने भएका छन्।

    क्लब विश्वकपमा आयोजक देशको एक क्लबसहित ३२ क्लबले भाग लिने छन्। जसमा अफ्रिकाबाट चार क्लब, एशियाबाट चार क्लब, युरोपबाट १२ क्लब, उत्तर अमेरिका तथा क्यारेबियनबाट चार क्लब, ओसियानाबाट एक क्लब, दक्षिण अमेरिकाबाट चार क्लबले भाग लिने छन्।

    साथै एक क्लब आयोजक देशको हुने र त्यसको छनौट प्रक्रिया पछि सार्बजनिक गरिने फिफाले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ