काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संस्कृत भाषाको संरक्षणका लागि राज्यले लगानी बढाउनु पर्ने बताएका छन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा न: ६ मा अवस्थित सिपातीनघरे संस्कृत माध्यमिक विद्यालयको १२१ औं जन्मजयन्तीको अवसरमा आईतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको खुलेरै प्रशंसा गरेका घिमिरेले बस्नेतलाई जिताउने मतदातालाई धन्यवाद समेत दिएका थिए । ‘पैसाको अभावमा कुनै नागरिकले मृत्यूवरण गर्नु नपर्ने महान लक्ष्यकासाथ अघी बढिरहनु भएको स्वस्थ्यमन्त्रीलाई निर्वाचित गराउने तपाइँ सम्पुर्णमा धन्यवाद दिन चाहन्छु ।’ घिमिरेले भने ‘यस्तो भनेको गर्ने र गरेको भन्ने नेता अहिलेको आवश्यकता रहेकोले उहाँको अभियानमा सबैले साथ दिनुपर्छ ।’
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले संस्कृत भाषाको संरक्षणमा जोड दिन सकेमात्र संस्कार र संस्कृतिको जगेर्ना हुने भएकाले राज्यले यसको संरक्षणका लागि लगानी बढाउने बताएका छन् । संस्कृत भाषा पढेका व्यक्ति शिक्षण पेसा, ज्वतिष विज्ञान, धर्मकर्ममा मात्र नभएर कर्मचारी प्रशासनमा समेत अब्बल हुने गरेको दावी गर्दै मन्त्री बस्नेतले संस्कृत विषयको पढाई हुने विद्यालयहरुले पढाईको स्तरमा ध्यान दिनु पर्नेमा जोड दिएका हुन ।
मन्त्री बस्नेतले भने, ‘संस्कृत भाषा पढाउने विश्वविद्यालय स्थापना गर्ने लक्ष्य राखेर काम गर्नु पर्छ । सरकारले सक्दो सहयोग गर्ने छ ।’ कक्षा १२ सम्मको शिक्षा नि:शुल्क हुनु पर्नेमा जोड दिदै स्वास्थ्य मन्त्री बस्नेतले यही सरकारले कक्षा १२ सम्मको शिक्षा नि:शुल्क गर्ने दावी गरे । सिन्धुपाल्चोकका तिन वटा पालिकाबाट कक्षा १२ सम्मको शिक्षा नि:शुल्क गरेर सुभारम्भ गरिरहेको बताउदै निकट भविश्यमै देश भरि नै नि:शुल्क गर्ने घोषणा गरिने बस्नेतले बताए ।
कार्यक्रममा पूर्व कानुन मन्त्री शेरवहादुर तामाङ, पुर्व गृहराज्यमन्त्री बिष्णु बिक्रम थापा, पुर्व प्रदेश मन्त्री शरेश नेपाल, इन्द्रवती गाउँपालीका अध्यक्ष झम्कनाथ नेपाल, पुर्व अध्यक्ष बंशलाल तामाङ लगायतका नेताहरुले पनि नेपालमा संस्कृत भाषाको विकासका लागि सरकारले लगानी बढाउनु पर्नेमा जोड दिएका थिए ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


