Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घको सभापतिमा लामिछाने चयन 


ग्लोबल पाना
सोमबार, पुस २ २०८०
  • 368
    SHARES

  • images
    नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घको सभापतिमा लामिछाने चयन 

    काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घको सातौँ राष्ट्रिय अधिवेशन आइतबार सम्पन्न भएको छ । एघार सदस्यीय केन्द्रीय कार्यसमिति र १३ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक सङ्घका तर्फबाट सभापतिमा प्रा.डा मुकुन्दप्रसाद लामिछाने निर्वाचित भएका छन् ।

    images
    images
    images

    त्यसैगरी उपसभापतिमा विष्णुप्रसाद पन्थी, महासचिवमा डा नारायणप्रसाद बराल, सचिवमा सुधीरकुमार शर्मा, कोषाध्यक्षमा लोमशकुमार लामिछाने तथा सदस्यमा दामोदर गौतम, मेघराज शर्मा, तेजप्रकाश पौडेल, कृष्णगोपाल अधिकारी, कैलाश झा र शेषनारायण मरासिनी चयन भएका छन् । 

    महाधिवेशन प्रतिनिधिमा प्रा डा कृष्णकान्त पराजुली, प्रा डा शान्तिकृष्ण अधिकारी, सहप्राध्यापक आनन्दमणि रिजाल, डा विमला शर्मा, किशोरचन्द्र गौतम, डा रमा झा, अर्जुनबाबु दाहाल, मोहनप्रसाद ओझा, विष्णुप्रभा उपाध्याय, प्रा सत्यराज सुवेदी, महेन्द्रप्रसाद यादव, बाबुराम आचार्य र टीकाराम न्यौपाने निर्वाचित भए । 

    निर्वाचितमध्ये कोषाध्यक्ष, तीन सदस्य र पाँच केन्द्रीय महाधिवेशन प्रतिनिधि गरी नौ जना प्रगतिशील प्राध्यापक सङ्गठनकोतर्फबाट रहेको जनाइएको छ । त्यसैगरी नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनबाट केन्द्रीय कार्यसमिति तथा महाधिवेशन प्रतिनिधिमा एक/एक जना निर्वाचित भएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ