काठमाडौं । प्रधानमन्त्री कार्यालय सिंहदरवारको एक्सन रुमवाट प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सडक आयोजनाको अनुगमन गर्नु भएको छ । उहाँले सोमबार अपराह्न एक्सन रुममा बसेर नारायणघाट–बुटवल सडक र मुग्लिङ–पोखरा सडक आयोजनाको अनुगमन गर्नु भएको हो ।
धेरै नै लामो समयदेखि निर्माणाधीन रहेको दुवै सडक आयोजना ठेकदारको ढिलासुस्तीका कारण निर्माण सम्पन्न हुन सकेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ठेकेदारलाई पटकपटक चेतावनी समेत दिँदै आएको पाइन्छ । डेढदेखि दुई घण्टा लाग्ने नारायणघाट बुटवलको बाटो अहिले चारदेखि पाँच घण्टासम्म यात्रा गर्नुपर्ने बाध्यता छ । मुग्लीनदेखि पोखरासम्मको साँघुर बाटो बिस्तार गर्ने योजनाको काममा पनि ढिलासुस्ती हुँदै आएको गुनासो प्रधानमन्त्री कार्यालयसम्म पुग्दै आएको छ ।
चौतर्फी गुनासो बढे सगै सो सडकको भर्चुअल छलफल अनुगमन र निर्देशन प्रधानमन्त्री प्रचण्डले एक्सन रुमवाट गर्नु भएको हो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


