Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

संयुक्त राष्ट्र सुरक्षा परिषदले इजरायलमा युद्ध रोक्ने नयाँ प्रस्तावमा आज मतदान गर्दै


ग्लोबल पाना
मंगलबार, पुस ३ २०८०
  • 269
    SHARES

  • images
    संयुक्त राष्ट्र सुरक्षा परिषदले इजरायलमा युद्ध रोक्ने नयाँ प्रस्तावमा आज मतदान गर्दै

    काठमाडौं। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले गाजा युद्धमा सावधानी अपनाउन अमेरिकाले इजरायलसँग कुरा गरेको बताएका छन्। तेल अवीवमा बोल्दै अस्टिनले इजरायललाई अमेरिकी समर्थन रहेको पुनः दोहोर्‍याएका छन्। हमासद्वारा सञ्चालित गाजाका स्वास्थ्य अधिकारीहरूले जबलियामा इजरायली हवाई आक्रमणमा १ सय १० जनाको ज्यान गएको बताएपछि उनले सो कुरा बताएका हुन्।

    images
    images
    images

    इजरायलले भने यस विषयमा कुनै टिप्पणी गरेको छैन। इजरायलका रक्षामन्त्री योभ ग्यालान्टले हमासमाथि इजरायलको आक्रमण गाजाका जनता विरुद्धको युद्ध होइन भन्दै आफूहरुले अन्तर्राष्ट्रिय कानूनअनुसार काम गर्ने बताएका छन्। हमासका अधिकारी ओसामा हमदानले आफूहरु बन्दी आदानप्रदानका लागि तयार रहेको र मध्यस्थकर्ता कतार र इजिप्टले अघि सारेका पहलहरूको समीक्षा गरिने बताएका छन्। यता संयुक्त राष्ट्र सुरक्षा परिषदले युद्ध रोक्न आह्वान गर्ने नयाँ प्रस्तावमा आज मतदान गर्दैछ।

    यसैबीच हिजो प्यालेस्टिनी समूहको सशस्त्र शाखाले तीन जना वृद्ध व्यक्तिहरुको एक मिनेटको भिडियो सार्वजनिक गरेको छ। उनीहरु ७९ वर्षीय चाइम पेरी, ८० वर्षीय योराम मेट्जगर र ८४ वर्षीय अमिरम कूपर रहेको इजरायली अधिकारीहरूले पहिचान गरेका छन्।

    उनीहरुले इजरायललाई आफूहरुको सुरक्षित रिहाइका लागि आह्वान गरेका छन्। अक्टोबर ७ यता इजरायली हमलामा कम्तीमा १९ हजार ४ सय ५३ प्यालेस्टाइनी मारिएका छन्। हमासको आक्रमणबाट १२ सय जना इजरायली मारिएका छन् भने २ सय ४० जनालाई बन्धक बनाएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ