Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

कांग्रेसको गण्डकी सम्मेलन आज, देउवासहित नेताहरूले सम्बोधन गर्ने


ग्लोबल पाना
मंगलबार, पुस ३ २०८०
  • 259
    SHARES

  • images
    कांग्रेसको गण्डकी सम्मेलन आज, देउवासहित नेताहरूले सम्बोधन गर्ने

    काठमाडौं । नेपाली कांग्रेसको गण्डकी प्रदेश सम्मेलन आज हुँदै छ । संघीयतामा गइसकेपछि १४ औँ महाधिवेशनबाट गठन भएको पार्टीको गण्डकी प्रदेश कार्यसमितिले पहिलो प्रदेशस्तरीय सम्मेलन गर्न लागेको हो । मंगलबार पोखरा सभागृहमा हुने सम्मेलनको कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनलाई कांग्रेसका पदाधिकारीसहित शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।

    images
    images
    images

    सम्मेलनमा प्रदेश कार्यसमितिसहित प्रदेशभरिका जिल्लाबाट पाँच सय जना प्रतिनिधिहरू सहभागी हुने प्रदेश सभापति शुक्रराज शर्माले बताए । कांग्रेसले केन्द्रमा महासमिति बैठक हुनुभन्दा अघि प्रदेश र जिल्लाहरूलाई सम्मेलन गरिसक्न परिपत्र गरेको छ । यसअघि लुम्बिनी प्रदेशले सबैभन्दा पहिले प्रदेश सम्मेलन आयोजना गरेको थियो । कांग्रेसले आगामी फागुन ७ देखि ९ गतेसम्म महासमिति बैठक बोलाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ