Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

प्याब्सन मध्य क्षेत्रीय बास्केटबल शुक्रबारदेखि


ग्लोबल पाना
मंगलबार, पुस ३ २०८०
  • 528
    SHARES

  • images
    प्याब्सन मध्य क्षेत्रीय बास्केटबल शुक्रबारदेखि

    काठमाडौं । प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंको आयोजनामा १२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा समितिमा आबद्ध विभिन्न १८ विद्यालयका ५० टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष दिनेशकुमार पाण्डेले जानकारी दिए । सिनियर ब्वाइज र गल्र्समा समान १६-१६ तथा जुनियर ब्वाइजमा १८ गरी जम्मा ५० टिमले भाग लिने उनले बताए ।

    images
    images
    images

    सहभागी टिमहरुमा चैतण्य, स्पाङगल, इनोभेटिभ, सूर्योदय, स्वाप्न वाटिका, श्रृजनशील, लिटिल फ्लावर, लिभरपुल, एसियन पब्लिक, हेम्स, सनसाइन, अल्बर्ट, काठमाडौं इङलिस स्कुल, काठमाडौं जेभियर्स पब्लिक, भद्रघले, अक्षर एकेडेमी, एआईए र डेनेब फ्लोरिडा रहेका छन् । खेल लिग कम नकआउट आधारमा खेलाइने छ ।

    प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने समितिका वरिष्ठ उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक धनप्रसाद सुब्बाले जानकारी दिए । प्रतियोगिताका खेलहरु मध्य बानेश्वरस्थित काठमाडौं जेभियर्स र शंखमूलस्थित एआईएको कोर्टमा खेलाइने छ । काठमडौं जेभियर्समा समूह चरणका खेलहरु मात्र खेलाइने छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ