Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

चार महिनामा वाणिज्य बैंकहरुको नाफा साढे २० अर्बभन्दा बढी


ग्लोबल पाना
मंगलबार, पुस ३ २०८०
  • 279
    SHARES

  • images
    चार महिनामा वाणिज्य बैंकहरुको नाफा साढे २० अर्बभन्दा बढी

    काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा वाणिज्य बैंकहरुले साढे २० अर्बभन्दा बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चार महिनाको अवधिमा वाणिज्य बैंकहरुले २० अर्ब ७३ करोड २२ लाख ६० हजार खुद नाफा कमाएका हुन् ।

    images
    images
    images

    जुन गत असोज मसान्तसम्मको तुलनामा एक अर्ब १८ करोड ८५ लाख रुपैयाँले बढेको हो । गत असोज मसान्तसम्ममा भने बैंकहरूले १९ अर्ब ५४ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । चालु आवको पहिलो चौमासिकमा सबैभन्दा धेरै नाफा भने नबिल बैंकले कमाएका छ । बैंकले चार महिनामा २ अर्ब १६ करोड ९६ लाख बढी खुद नाफा कमाएको छ ।

    गत असोजमा भने नबिल बैंक धेरै नाफा कमाउनेको दोस्रो सूचीमा थियो । धेरै नाफा कमाउनेको दोस्रो स्थान भने ग्लोबल आइएमई बैंक देखिएको छ । बैंकले चार महिनामा १ अर्ब ९४ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ । एक महिनामै कम्पनीले १६ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको हो ।

    गत असोज मसान्तसम्ममा बैंकले १ अर्ब ७७ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । तेस्रो सूचीमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ८६ करोड ६८ लाख बढी नाफा कमाएको छ । चौथो सूचीमा भने प्राइम कमर्सियल बैङ्क देखिएको छ । चार महिनामा बैंकले १ अर्ब ५३ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

    यस्तै, हिमालयन बैंकले चार महिनामा १ अर्ब ५० करोड ६६ लाख, एनआइसी एशियाले १ अर्ब ३७ करोड ७६ लाख, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २० करोड ६७ लाख, एनएमबि बैंकले १ अर्ब २३ करोड ८५ लाख, एभरेष्टले १ अर्ब ८ करोड २ लाख, प्रभुले १ अर्ब ५ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

    कात्तिक मसान्तसम्ममा स्ट्याण्डर्ड चार्टर्डले ९८ करोड १९ लाख, नेपाल बैङ्कले ६६ करोड ८१ लाख, नेपाल एसबिआईले ६० करोड ५६ लाख, माछापुच्छ्रेले ६७ करोड १५ लाख, कुमारीले ८८ करोड ८० लाख, लक्ष्मी सनराइजले ५१ करोड ५९ लाख, सिद्धार्थले ३३ करोड ३८ लाख, सानिमाले ७७ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

    यता, सरकारी स्वामित्वमा रहेको कृषि विकास बैंक नोक्सानीमा देखिएको छ । यो बैंकले नोक्सानी रकम भने घटाएको देखिएको छ । कात्तिक मसान्तसम्म बैंक २७ करोड ८८ लाख रुपैयाँ नोक्सानीमा देखिन्छ । चालु आवको पहिलो त्रैमासमा पनि बैंकले ९० करोड ३१ लाख बढी नोक्सानी व्यहोरेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ