Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

काठमाडौं महानगरले ‘सुलभ’ फार्मेसी सञ्चालन गर्ने, भाडाको घर खोज्दै


ग्लोबल पाना
बुधबार, पुस ४ २०८०
  • 326
    SHARES

  • images
    काठमाडौं महानगरले ‘सुलभ’ फार्मेसी सञ्चालन गर्ने, भाडाको घर खोज्दै

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले विभिन्न पाँच स्थानमा ‘सुलभ’ फार्मेसी सञ्चालनमा ल्याउने भएको छ। महानगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत, नीति, बजेट तथा कार्यक्रमअनुसार पाँच स्थानमा फार्मेसी स्थापना गर्न लागेको हो।

    images
    images
    images

    महानगरपालिकाको स्वास्थ्य विभागले महाराजगञ्ज, वीर अस्पताल, कालीमाटी र लैनचौर क्षेत्रमा फार्मेसी खोल्न लागेको जनाएको छ। त्यसका लागि घर भाडामा लिन महानगरपालिकाले सार्वजनिक सूचना निकालेको छ।

    घर भाडाका लागि आवश्यक पर्ने मापदण्ड तोक्दै महानगरले ​मासिक भाडादरसहित १५ दिनभित्र प्रस्ताव पेश गर्न आग्रह गरेको छ।​

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ